Author: Nisha Shrestha

महेन्द्रनगर – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, सङ्गीता मौनी, ललिता चन्द र दिव्या कार्की रहेका छन् । यस्तै पूजा कार्की, बबिता बोहरा, लक्ष्मी बोहरा, आशिका बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । प्रशिक्षकमा दीपेन्द्र चन्द र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरालाई जिम्मेवारी लिइएको छ । दुईदिनसम्म सञ्चालन भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा…

Read More

कञ्चनपुर – बेदकोट नगरपालिकामा रहेको वृद्धाश्रममा आज बिहान नेपाली सेनाले न्यानो लुगा र खाद्य सामग्री सहयोग गरेको छ । नेपाली सेना सैनिक श्रीमती सङ्घ, श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रित वृद्धवृद्धालाई न्यानो लुगा ९मण्डी० का साथै खाद्यान्न ९चामल, दाल, तरकारी, चिनी चियापत्तीलगायत० सामग्री उपलब्ध गराएको हो । वृद्धाश्रममा रहेको १९ जना वृद्धवृद्धालाई राहत तथा न्यानो लुगा वितरण गर्दै यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले सेना र सैनिक श्रीमती सङ्घबाट जनमुखी सामाजिक काम अवस्था र आवश्यकताअनुसार गर्दै आएको बताउनुभयो । “वृद्धाश्रममा आश्रित ज्येष्ठ…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई जति सक्दो चाँडो शव ल्याउनका लागि सहजीकरण गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। र, मुख्य सचिवज्युलाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।’ कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए ।…

Read More

काठमाडौं – मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी ९जसपा० नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन । आजको बैठकमा सो विषयमा पनि निर्णय हुनसक्ने जसपाले जनाएको छ । यसैबीच जसपाले मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ…

Read More

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह)उद्घाटन गर्न आएका हुन् । हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।  विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३.०५ अङ्क प्राप्त गरी दोस्रो भएको उनले बताए । विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन्…

Read More

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गरेका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने विश्वास व्यक्त गरेका छन् । प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उनले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायीत्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । प्रदेश संरचनासहितको सङ्घीयतालाई सदृढ एवं व्यवस्थित गर्न सांसदले आफ्नो कामबाट प्रमाणीत गर्नुपर्नेमा उनले जोड दिए। सङ्घीयतका विषयमा विभिन्न कोणबाट नकारात्मक टिप्पणी भइरहेको अवस्थामा यसलाई चिरफार गर्न प्रदेशसभा सदस्यको भूमिका अझ फराकिलो हुने भन्दै प्रदेश सरकारले हरेक वर्ष प्रत्येक जिल्लामा तीनदेखि चार सय योजना…

Read More

काठमाडौँ – गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन पहल थालेको छ । उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो । मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ । सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन जान लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा जान लागेको प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं। १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् । बिहान ८।२० बजे उनी आउने भनिए पनि मौसम नखुलेको र हुस्सु लागेको कारणले केही ढिला हुने चितवन प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।उनी सो अवसरमा स्वर्ण र हीरक स्तम्भ अनावरण, भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन हुनुभएको छ । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ । भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन मन्त्रीको मात्रै मन्त्रालय तोकिएको छ । भागबण्डा नमिल्दा नवनियुक्त अन्य मन्त्रीको जिम्मेवारी तोकिएको छैन भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन ।

Read More