Author: Nisha Shrestha

नवलपरासी– कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट मानिस आवतजावत गर्ने हुँदा…

Read More

वासिङ्टन– युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए । चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए । अमेरिकी रक्षा मन्त्रालयले…

Read More

काठमाडौँ – जनकपुर– जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । यसअघि दैनिक दुईपटक मात्रै चल्दै आएको थियो । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो । कम्पनीका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ । यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए । एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज बनाउन निर्देशन गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले उक्त निर्देशन दिए हुन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ । अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने उनले बताए।

Read More

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भनेका छन् । नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले सो कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्,’सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणादायी बन्न सकोस् ।’

Read More

काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आज बस्ने भनिएको बैठक स्थगन गरिएको हो । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो । तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगन भएको बुझिएको छ ।

Read More

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे । बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उनले बताए । ‘अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ’, शुभकामना सन्देशमा उल्लेख…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए । ‘विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ’, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ । मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै…

Read More

काठमाडौँ – सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाश शरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । यही चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ देखि १२ गतेसम्म मङ्गोलियामा आयोजना हुने एसियाली उत्पादकत्व सङ्गठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग)लाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले आगामी वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ ।…

Read More

काठमाडौँ- विगत केही दिनदेखि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारसँग वार्ता चल्दै आएकोमा संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीवार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए। उनले भने, ‘मिटरब्याज तथा ठगीबिरुद्ध…

Read More