Author: Nisha Shrestha

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उहाँहरुबीच छलफल भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताउनुभएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिनुभयो । पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो । बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

Read More

काठमाडौं – ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो । ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२ दशमलव २२ अङ्क अर्थात् चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ अङ्क कायम भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई सय ६७ वटा कम्पनीको ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर ४७ हजार दुई सय ८५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ९७ करोड ६० लाख ७६ हजार…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताउनुभएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नवआयुक्तहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।” नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट…

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले दलै पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ । चाहे शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने अवस्था छ । किनभने कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ । परिस्थितिले कानुनहरूमा केही परिवर्तन पनि खोज्छ । परिस्थितिले नयाँ कानुन निर्माणको आवश्यकता पनि देखाउँछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक कर्मचारीको ठुलो भूमिका पनि छ । त्यो भूमिकाको हामीले सराहना पनि गर्नुपर्छ । तर अब अहिलेको परिस्थितिमा उहाँहरूले विभिन्न दलगत ट्रेड युनियन…

Read More

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गरेका छन् । प्रधानमन्त्री दाहालले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरूलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन् । साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरेका छन् ।

Read More

काठमाडौं – निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गर्नुभएको हो । “देशव्यापीरुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ”, उहाँले भन्नुभयो । लतिलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्का कुरा उठाउनुभएको छ । “नक्शापास र वातावरणीय प्रभाव मूल्याङ्कनबिनै सम्बन्धित स्थानीय तहको स्वीकृतिसमेत नलिइ १८ रोपनी…

Read More

काठमाडौं – काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी भए पनि कुन–कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी अभावका कारण सञ्चालनमा समस्या भएको बताउँदै आगामी दिनमा प्रभावकारी र विद्यार्थीको आकर्षण बमोजिमका कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको उहाँको भनाइ थियो । विश्वविद्यालयले हाल दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन…

Read More

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी दुर्गममा जान नचाहने प्रवृत्ति देखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुगममा मात्र बस्न चाहने र दुर्गममा जान नचाहने कर्मचारी बढेको बताएका हुन् । “५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौँ वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ,” उनले भने, “म एकरूप सरुवा प्रणालीमा कटिबद्ध छु । भर्खर आएको छु, मन्त्रालयमा बुझ्दै छु ।” पठाएका कर्मचारी हाजिरै गर्नसमेत नगएको भेटिएको उनको भनाई छ ।

Read More

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन् । ‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरू झुन्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो,’ उनले भने, ‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’ ब्याज तिर्न नसकेर एक सयजना व्यवसायी मृत्युवरण गर्नुपरेको भन्दै उनले सरकारले ८.५ प्रतिशत ब्याज…

Read More