Author: Nisha Shrestha

महेन्द्रनगर  – ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा ६ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । कैलाली १ बाट पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, कैलाली ३ बाट पूर्वमन्त्री गौरिशंकर चौधरी, कैलाली ४ बाट पूर्वमन्त्री लेखराज भट्ट र वीरबहादुर बलायर तथा क्षेत्र नम्बर ५ बाट पूर्वमन्त्री नारदमुनि राना र पुष्करनाथ ओझा चुनावी मैदानमा छन् । रामजनम चौधरीले कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । उनी २०४७ सालमै निर्वाचित सांसद हुन् । उनी पटकपटक मन्त्री भइसकेका छन् । कैलाली १ मा उम्मेदवारी दिएका उनको प्रतिस्पर्धा रेशम चौधरीकी पत्नी रञ्जिचा चौधरी र एमालेका तपेन्द्र रावलसँग हुँदै छ । २०७४ को निर्वाचनमा…

Read More

काठमाडौँ – रुस–युक्रेन युद्ध चाँडै अन्त्य गर्नुपर्ने निर्णयसहित विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जी २० को सम्मेलन सकिएको छ । इन्डोनेसियाको बालीमा मंगलबारदेखि सुरु भएको दुई दिने सम्मेलनले युद्धका कारण विश्वको अर्थतन्त्र संकटमा परेको ठहर गरेको हो । सम्मेलनले ५ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । सम्मेलनमा सहभागी देशका नेताहरुले युद्धको लागि रुसलाई जिम्मेवार ठहराएका थिए भने यही कारणले विश्वमा खाद्य संकट, सुरक्षा चिन्ता बढेको जनाएका थिए । विश्व अर्थतन्त्र नै समस्यामा परेको भन्दै उनीहरुले फेरि एकपटक सबै युद्ध अन्त्यका लागि सहमत हुनुपर्ने बताएका थिए । घोषणापत्रमा परमाणु मिसाइलको प्रयोगमा रोक र अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारको पालनामा पनि…

Read More

काठमाडौं – मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो । निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम दिइएको, त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरुहरुलाई सम्बन्धित मतदानकेन्द्रमा खटाइएको छ । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडा राखिने थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको थियो । मतदानको दिन र मतदान हुनुभन्दा…

Read More

काठमाडौँ – नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने भएको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले यस्तो तयारी गरिरहेको बताएका थिए । ‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने उनले बताए । यदि उनीहरू नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले जानकारी दिए । बैठकमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटन बोर्डसँग बोर्डले सहकार्य गर्ने बताएका थिए । बोर्डले उचाइका निर्देशक र कलाकारको सुटिङ अनुभवसम्बन्धी भनाइलाई वेबसाइटमा समेत राख्ने भएको छ ।…

Read More

न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन्। पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो । युक्रेनको सिमानानजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विस्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्यान्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।

Read More

काठमाडौं – राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बुधबार बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो । मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईका अनुसार सडकमा रोकिराखेको गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५र६ जनाको समूहमा रहेकाहरूले तोडफोड गरेका हुन् । गाडीका सिसा सबै फुटाइएको छ । गाडी तोडफोड गर्नेहरूको प्रहरीले अनुसन्धान सुरु गरेको राईले न्युज कारखानालाई बताए । श्रेष्ठ चितवन २ मा श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि…

Read More

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । “हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन् । नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्”, निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले भन्नुभयो, “त्यसैगरी, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र दक्षिण कोरियाको निर्वाचन आयोगका पदाधिकारी पनि पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ ।” निर्वाचन आयोगका अनुसार भारतका प्रमुख निर्वाचन आयुक्त राजीव…

Read More

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी…

Read More

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय…

Read More

कैलाली – कैलालीमा मात्रै नभइ सुदूरपश्चिम प्रदेशमै २०६७ अघिसम्म अपाङ्गता भएका बालबालिकाले राम्रोसँग पढ्न पाएका थिएनन् । भएका विद्यालयमा अपाङ्गतामैत्री संरचना नहुँदा अपाङ्गत भएका बालबालिकाले आवश्यकतानुसारको शिक्षाबाट बञ्चित हुनुपरेको थियो । अपाङ्गता भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलोपटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भयो । कैलालीको गोदावरी नगरपालिका–२ मा स्थापित उक्त विद्यालयले अपाङ्गत भएका बालबालिकालाई आवाससहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपाङ्गत भएका बालबालिकालाई राहत महसुस भएको छ । कैलालीकै बौनियाबाट उक्त विद्यालयमा पढ्न आएकी छात्रा चित्रकला विकले अन्य विद्यालयको तुलनामा सुप समावेशीमा पढाइ सहज भएको बताउनुभयो । “बौनियामा कक्षा २ सम्म पढेँ, त्यसपछि यहाँ आएकी…

Read More