Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछाने रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन्। मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए । सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए । लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित…

Read More

नेपालगञ्ज – आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए । उपाधि विजेता खड्काले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले…

Read More

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो। एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो। समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले दलहरू छलफलमा जुटेका हुन्।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन्। मानवाधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकारअन्तर्गतका प्रायः सबै अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए। ती अधिकारको हनन भएमा सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने कुरालाई संवैधानिकरूपमा नै सुनिश्चित गरिएको समेत उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भई कार्यान्वयनमा आइसकेका समेत जनाएका छन्। सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक…

Read More

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहान साढे ९ बजे सारे पनि नेताहरु पार्टी केन्द्रीय कार्यालय पुग्न ढिलका गरेका कारण ११ बजे मात्र सुरु भएको हो। बैठक सानेपामा ११ बजे सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्। बैठकमा समानुपातिकर्फतका सांसदहरूको टुंगो लगाउनुका साथै निर्वाचनको समीक्षा र भावी सरकारको रणनीतिलगायतका बिषयमा छलफल हुनेछ।

Read More

काठमाडौँ – मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको सूची राजनीतिक दलहरूले आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गरिसक्नु पर्ने भएको छ । निर्वाचन आयोगले दिएको समानुपातिक सांसदको सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदैछ । तर, राजनीतिक दलहरूले अहिलेसम्म सांसदको टुङ्गो लगाउन सकेका छैनन् । समानुपातिक सांसदको सूची तयार गर्न दलहरू छलफलमै रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जसपा र राप्रपाले आज शनिबार पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्दैछन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सीट बाँडफाँटअनुसार सबैभन्दा धेरै…

Read More

काठमाडौं – सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवद्र्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तररूपमा पु¥याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रा डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम, ९काठमाडौँ० लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्णरुपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा…

Read More

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ । संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ । माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ । निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातिकतर्फको सूची निर्धारण गर्न समय दिएको…

Read More

तनहुँ – तनहुँमा बिहीबार सवारी दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. २ की ५५ वर्षीया लालुमाया थापा रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा ११ जना घाइते भएको तनहुँ प्रहरीले जनाएका छ । घाइतेमध्ये एक जनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पताल र अन्यको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आँबुखैरेनीबाट पोखरातर्फ आउँदै गरेको बा३ख २७१६ नम्बरको माइक्रोबस आँबुखैरनी गाउँपालिका वडा नं. २ मार्कीचोकमा ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो ।

Read More