Author: Nisha Shrestha

कैलाली – मतदान नागरिकको ब्यक्तिगत अधिकार हो । मतदान गोप्य हुने भएकाले मानिसले आफूले इच्छाएको व्यक्तिलाई मत दिन पाउनुपर्छ तर कैलालीका महिलाका सवालमा यो निकै कममा लागू हुन्छ । कैलालीका महिला परिवार, समाज र घरका पुरुषले भनेकै व्यक्ति तथा दललाई मतदान गर्दै आएको बताउँछन् । कतिपय महिला उम्मेदवार राम्रो लागे पनि परिवारका कुरा काट्न नसक्दा मन नपरेका उम्मेदवारलाई पनि मतदान गर्नु परिरहेको बताउँछन् । कैलालीकी मैना साउँदले अहिलेसम्म जतिपटक मतदान गर्नुभयो सबै श्रीमान्ले भनेकै उम्मेदवार र दललाई मत दिनुभएको छ । अहिलेसम्म उहाँले फरक ब्यक्तिलाई मत दिनुभएको छैन । “अहिलेसम्म छ वटा निर्वाचनमा मतदानमा सहभागी भएकी छु । विगतदेखि नै…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन आग्रह गरेका छन्। बिहीबार भिडियो सन्देश सार्वजनिक गर्दै देउवाले यस्तो आग्रह गरेका हुन्। देउवाले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि बनेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरेका हुन्। उनले प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकतर्फ कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। ‘प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गरौं’, देउवाले भने। देउवाले राणा शासनदेखि अहिलेसम्मका आन्दोलनको नेतृत्व गरेको पार्टी कांग्रेस भएको भन्दै विकासको बाटोमा अगाडि बढे पनि अझै काम गर्न बाँकी रहेको बताएका छन्। शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी कामलाई छिटो छरितो बनाउन काम गर्ने देउवाको…

Read More

काठमाडौँ – सत्ता गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्ने भएका छन्। गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर-२ चुनाव परिचालन समितिको आयोजनामा आज काठमाडौँको कोटेश्वरमा अन्तिम चुनावी सभा गर्न लागेको हो । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर-२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौँ-२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा…

Read More

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। एक–दुई स्थानमा हल्का हिमपातको…

Read More

काठमाडौं – आज बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो। बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ। अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ। नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन्। तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् । बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले नागरिकताको खुव चर्चा गरेका छन् । मैले भनेको छु, नागरिकताको तमासा नगर, गर्नैपर्दैन ।’ उनले मंसिर ४ पछि एमालेको सरकार बनेपछि सम्पूर्ण नेपाली जनतालाई नागरिकता दिने अभियान सुरु गरिने बताए । ‘जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अङ्गीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइनेछ’, ओलीको भनाइ छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली नागरिकले नागरिकता…

Read More

काठमाडौं – काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । निर्णयअनुसार १…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ–आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीमा अनुरोध गरे । हाल सेवाग्राहीको नाममा विचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्यसम्पादनमा…

Read More

काठमाडौं – पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ । दिवङ्गत पितृका नाममा शतबीज छर्न मार्गशीर्ष कृष्ण त्रयोदशीकै बेलुकीदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ । भक्तजन मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहानै पशुपति क्षेत्रको विशेषगरी…

Read More