Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सच्चा कम्युनिस्टहरू मिल्नुको विकल्प नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताउँदै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरेका छन् । कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको उनको दाबी छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्व शक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको बताउँदै उनले कम्युनिस्ट संस्कार अपनाउन बृहत् छलफल र बहस गर्न जरुरी रहेको औँल्याएका छन् ।

Read More

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक सुरु भएको छ । शनिबार दिउँसो सुरु भएको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् । उनले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि जनाएका छन् । ‘पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलापले हाम्रो सार्वजनिक संपरीक्षण गरिरहेको त छैन ? जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्दैन ?’ उनले प्रश्न गरेका छन् ।

Read More

विराटनगर – विराटनगरमा प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो । पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच भएको झडपमा मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

Read More

काठमाडौँ – विश्व पृथ्वी दिवसको अवसरमा शनिबार काठमाडौँमा साइकल र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ । आइएसएसआर, नुसान र अमेरिकी दूतावासको संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार स्क्वायरदेखि लुभुकाे महालक्ष्मी मन्दिरसम्म ७ किलाेमिटर दुरीमा साइकल र्‍याली निकालिएकाे हाे । उक्त साइकल र्‍यालीमा अमेरिकी राजदूत डिन आर थम्पसनलगायत करिब २०० जनाको सहभागिता रहेको थियो । यस अवसरमा राजदूत थम्पसनले भने, ‘म यस कार्यक्रमको हिस्सा हुन पाउँदा निकै उत्साहित छु । राजदूत थम्पसनले यस कार्यक्रमले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउन मद्दत गर्ने आशा व्यक्त गरे’। उनले दिगो भविष्य निर्माण गर्न र ग्रहको रक्षा गर्न प्रत्येक व्यक्तिको भूमिका रहेको बताए । ललितपुर महानगरपालिकाका मेयर चीरिबाबु…

Read More

काठमाडौँ- ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ। लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए। लिम्बू छ महिनादेखि बिरामी थिए। झापास्थित बीएन्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए। लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो। तर एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो। लिम्बूको अन्त्येष्टि दमकमा गरिने उनका छोरा मोहनले जानकारी दिए। दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर…

Read More

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको व्याँस गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले बताए। आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको उनले बताए। उनले भने ‘बेपत्ता भण्डारीलाई अहिले प्रहरी र स्थानीयहरूले खोजी गरिरहेका छन्।’

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले अर्थतन्त्रका समस्या समाधानमा पूर्ण ऊर्जा लगाएर काम गर्ने दाबी गरेका हुन् । । साधन र स्रोत थोरै भए पनि धेरै काम गर्ने उनको भनाई छ । केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोच समेत आफ्नो रहेको भन्दै धैर्य गर्न आग्रह गरे । अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले कर छल्ने गरेको बताएका छन् । शनिवार राजधानीमा आयोजित आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझैपनि मौका पाएसम्म निजी क्षेत्रले राज्यलाई कर छल्ने प्रयास गरिरहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने र निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोच राज्यले पनि राख्न नहुने बताए । दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाई छ । अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको पनि प्रधानमन्त्री दाहालले बताए ।

Read More

काठमाडौँ -भक्तपुरको जगातीबाट हिजो (शुक्रबार) गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो । बा २ क ६३४५ नम्बरको टिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापा, बा २ क ६३ ४४ नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय तारा बहादुर तामाङ र ना २८ प ६३३३ नम्बरको मोटरसाइकलका…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिन विभिन्न प्रयत्नहरू भइरहेको जिकिर गरे । ‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो…

Read More