काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले अर्थतन्त्रका समस्या समाधानमा पूर्ण ऊर्जा लगाएर काम गर्ने दाबी गरेका हुन् । ।
साधन र स्रोत थोरै भए पनि धेरै काम गर्ने उनको भनाई छ ।
केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोच समेत आफ्नो रहेको भन्दै धैर्य गर्न आग्रह गरे ।
अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पनि छलफल गरिरहेको बताए ।
Facebook Comments Box