Author: Nisha Shrestha

जुम्ला – अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ । महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको हो । खाद्यान्न र पेट्रोलियम पदार्थ बेच्ने पसलको अनुगमन गरिएको…

Read More

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको छ । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको…

Read More

काठमाडाैं – सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए । यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । जोशीको १०३ वर्षको उमेरमा किष्ट अस्पतालमा उपचारका क्रममा हिजो आइतबार निधन भएको थियो ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं। १ मा ५६, मधेस प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियोे । कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुग रहेको बताए । उनले फेरि पनि किन प्रकाशमान रु भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन् । यस्तो छ उनको…

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेअघि उम्मेदवारले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार-प्रसार गर्न पाउनेछन्। उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्। घरदैलको क्रममा पनि राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेका उजुरी आयोगमा आएको आयुक्त भण्डारीले बताए।

Read More

न्यूयोर्क – अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन-एक को सेटमा सुदूरपश्चिम समाज विजयी भएको थियो । सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले रेका थिए । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन् । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले गर्व गर्न लायक रहेको बताए । “नेपाल प्रहरी आजको यस अवस्थामा आइपुग्नुको पछाडि नेतृत्व पङ्क्तिमा रहेका पूर्ववर्ती पदाधिकारीको समर्पण तथा अमर प्रहरीको बलिदानले मुख्य भूमिका खेलेको छ’, उनले भने, ‘करिब सात दशक लामो इतिहास बोकेको प्रहरीले आजको अवस्थामा आइपुग्दा आफूलाई एक व्यावसायिक,…

Read More

कास्की– गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशले विभागीय टोलीलाई पछ्याइरहेका छन् । सोमबार दिउँसोसम्म ८७ स्वर्णपदकको छिनोफानो हुँदा सेनाले ३८ स्वर्णसहित अग्रता बनाएको हो । सेनाले २७ रजत र २१ कास्यसहित ८६ पदक जितेको छ । यसैगरी विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ । विभागीय टोली…

Read More

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी आईटीएफ तेक्वान्दोको स्पाइरिङतर्फ पहिलो स्वर्ण गण्डकी प्रदेशले हात पारेको छ । आज भएको ४०-५० तौल समुहको खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्णपदक जिते । कर्णालीकै धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढामगरले कांस्यपदकमा चित्त बुझाए । प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार योसँगै गण्डकी प्रदेशले जारी प्रतियोगितामा दुई स्वर्ण हासिल गरेको छ । यसअघि शनिबार भएको स्पर्धामा ‘रेड बेल्ट’तर्फ एकल प्याटर्नमा गण्डकीका भीम गाहाले स्वर्णपदक जितेका थिए । अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितामा आफ्नो वर्चश्व बनाएको छ । तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो…

Read More