काठमाडाैं – सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए ।
यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।
जोशीको १०३ वर्षको उमेरमा किष्ट अस्पतालमा उपचारका क्रममा हिजो आइतबार निधन भएको थियो ।
Facebook Comments Box