Author: Nisha Shrestha

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । यस अघि चैत १७ मा खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अब कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

Read More

धनगढी – कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर किशोरको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका प्रेम बहादुर ठकुल्लाका १६ वर्षीय अविशेख ठकुल्लाको स्थानीय कटनी खोलामा डुबर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी चन्दले बताए ।

Read More

काठमाडौं – आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ । आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२ दशमलव…

Read More

काठमाडौँ– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) मिटरब्याज र तमसुक व्यवस्था पीडितसँग २०७९, चैत १८ गते सरकारले गरेको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घले उक्त सम्झौता अक्षरशः कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुने गरी यथाशीघ्र न्याय प्रदान गर्न र त्यस सम्बन्धमा सरकार तथा सम्बन्धित निकायले गरेका कार्यको विवरण निरन्तर सार्वजनिक गरी जनतालाई सुसूचित गर्नसमेत माग गरेको छ । ‘लघुवित्तबाट पीडित जनताले देशव्यापी घोषणा गरेको सङ्घर्षमा पुनः ऐक्यबद्धता प्रकट गर्दै सङ्घर्षरत जनतासँग तत्काल वार्ता गरी समस्या समाधान गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ’, महासङ्घद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले लघुवित्त पीडितहरूको सङ्घर्षका क्रममा चितवनको मुग्लिनमा…

Read More

  काठमाडौँ – काँग्रेस सांसद आरजु देउवा राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव दिएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले विभिन्न सुझाव दिएकी हुन् । उनले सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको बताएकी छन् । ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गर्नुपर्छ’ उनको सुझाव छ । यस्तै उनले अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने सुझाव दिएकी छन् । देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको…

Read More

बैतडी – बैतडीमा जिप दुर्घटना भएको छ । मेलौलीबाट देहिमाण्डौतर्फ गइरहेको बा ७ च ३०५२ नं को जिप सलेना–देहिमाण्डौ ग्रामिण सडकखण्डको मलौली नगरपालिका २ स्थित गेरडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनाबाट चालक समान्य घाइते भएको प्रहरीले बताएको छ । गाडीमा चालक मात्रै सवार रहेको बुझिएको छ । उकालोमा गाडी नचढेपछि जिपमा सवार रहेकाहरुलाई उतारेर गुडीरहेको जिप एक्कासी पछाडी आएर दुर्घटना हुन पुगेको हो । स्थानीय प्रतक्षदर्शीहरुका अनुसार जिप सडकबाट करिब १५ मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिना ग्रेड काटिएका ग्रामिण सडकहरुमा दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।

Read More

चितवन– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विसं २०६२-६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । उनले भने,’जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।’ अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उनले आग्रह गरे । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उनले थपे, ‘अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।’ संघीय सरकार गठबन्धनको सरकार भएको…

Read More

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालीन समाधानको बाटो खोजिनुपर्ने बताए। राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए । सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । सांसद एकनाथ ढकालले…

Read More

बैतडी – घरेलु तथा साना उद्योग कार्यालय बैतडीले सिप विकास तालीम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९–८० को स्वीकृत कार्यक्रम अन्तरगत १ महिने फर्निचर सिप विकाश तालीम सञ्चालन गर्ने भएको हो । घरेलुले तालीम लिन इच्छुक बेरोजगार युवाहरूलाई आवश्यक प्रक्रिया पुर्‍याई ७ दिनभित्र निवेदन दर्ता गर्न आह्वान गरेको छ ।

Read More

काठमाडौँ – भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । बुधवार बिहान उनलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्‍याए लगत्तै उपचार सुरु गरिएको उनको सचिवालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

Read More