Author: Nisha Shrestha

कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । ‘नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँ’, उनले भने, ‘यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौँ ।’ उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो । चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए…

Read More

काठमाडौँ – विभिन्न प्रलोभनमा पारी युवा युवतीलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । आकर्षक आमदानीको प्रलोभनमा युवायुवतीलाई ठगी गरेको आरोपमा काठमाडौँको चाबहिल गंगाहिटी स्थित भिजन ड्रिमरी प्रा.लि.की सञ्चालक जुनुकला राईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । राईले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई‌ इजाजतको समेत बर्खिलाप हुने गरी १६ देखि २५ वर्ष उमेर समूहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न वैदेशिक भ्रमणलगायतका प्रलोभन दिई न्यूनतम ११ हजार तीन सय देखि अधिकतम पाँच लाखसम्म तिरी सदस्यता लिन लगाएर १४ जना पीडितहरूबाट नगद सत्र लाख तिन हजार…

Read More

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गरेका छन् । बुधबार (आज) उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको जनाइएको छ । प्रमुख दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पुर्‍याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गरेकी छन् । महानगरपालिका प्रमुख दाहालले महानगरीय मेट्रो रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी…

Read More

काठमाडौँ – प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत श्रेष्ठलाई कम्पनी सञ्चालक समिति बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी कर्पोरेसनमातहतको मोरङ सुगर लिमिटेडको अध्यक्षका रूपमा समेत कार्य गरिरहेका छन् । सरकारको आंशिक लगानी रहेको साल्ट ट्रेडिङले देशभर नुन बिक्री–वितरणको एकाधिकार लिँदै आएको छ । कर्पोरेसनले विकट जिल्लाहरूमा सरकारी अनुदान लिएर नुन ढुवानीसमेत गर्दै आएको छ । यसका अलाबा कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्न, ग्यास, रासायनिक मललगायतको कारोबार पनि गर्दै आएको छ ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सात वटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी जानकारी दिए । आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल…

Read More

काठमाडौँ- चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगो निभाउन २ वटा दमकल पुगिसकेको प्रहरीले जनाएको छ । आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Read More

काठमाडौँ – प्रि-ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । तर नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । उनले भने, ‘एमाले भित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’ उनले संविधान मिच्ने कुरालाई समर्थन गर्न नसकिने बताउँदै एमालेसँगको एकताको सम्भावनाका बारेमा…

Read More

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो । निर्वाचन समितिका अधिकारीहरू आएर होहल्ला गर्नेहरूलाई हटाएका छन् र मतदान स्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ । महासङ्घको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक…

Read More

काठमाडौँ – मेन्छियाम हाइड्रोपावरले आगामी वैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो। यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरिसकेको छ। त्यस्तै, ५५ अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९…

Read More