Author: Nisha Shrestha

काठमाडौं – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा।डा। सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीनरचार दिनदेखि उनमा खानामा पटक्कै रुचि…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

Read More

सप्तरी – सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ । राउत गठबन्धनबिना नै चुनाव लड्दैछन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश…

Read More

बैतडी – गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले उम्मेदवारी दर्ता गराएका छन् । बैतडीबाट नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साँझ उम्मेदवार बनेका कुँवरले प्रतिनिधि सभाका लागी उम्मेदवारी दर्ता गराएका हुन् । माओवादीका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कुँवर गठबन्धनबाट प्रतिनिधि सभा सदस्यकोलागी निर्विरोध सिफारिस भएका थिए । लामो समयदेखि सिट बाँडफाँडमा रस्साकस्सी चलेपनि अन्ततः गठबन्धनले सहमति जुटाउन सफल भएको थियो । इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभामा दुइओटा क्षेत्र रहेको बैतडीमा प्रदेशसभा सदस्यमा भने नेपाली काँग्रेसको भागमा रेको छ । जसमा नेपाली काँग्रेसका वीरबहादुर विष्ट र शिव राज…

Read More

भैरहवा- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाँणले उम्मेदवारी दर्ता गराएका हुन् । समर्थकहरूसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । खाँणको प्रतिस्पर्धाको रूपमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहितको उम्मेदवार छन् । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई…

Read More

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् । वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

Read More

सिराहा- सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो । जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।

Read More

काठमाडौँ – रञ्जु दर्शनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएकी हुन् । यसअघि विवेकशील साझा पार्टीमा रहेकी उनले आउँदो मंसिर ४ मा हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनले नेकपा एमालेका ईश्वर पोखरेलसहितका नेतासँग प्रतिस्पर्धा गर्ने छिन् ।

Read More

काठमाडौँ – डाक्टरको लापरवाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राती मृत्यु भएको हो । नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महसुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन् । १८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राप भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत चढाएको मृतक शाहीका जेठाजु लंक शाहीले बताए । रक्तस्रपा नरोकिएपछि डाक्टरले १९ गते विहान अर्को पोका ब्लड चढाएका थिए ।…

Read More

गोरखा- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

Read More