Author: Nisha Shrestha

काठमाडौं – हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो । विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । द्रुत डाँक सेवा, पार्सल÷सामान वा मालवस्तु र चिठ्ठिपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रूत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्बत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु,…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज यहाँ आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । गठबन्धन सत्ताका लागि नभइ देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उहाँले बताउनुभयो । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि…

Read More

गोरखा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन्। सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले आज बिहान दरबार अवलोकन गरेका हुन्। गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए। पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए। उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताए। दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी…

Read More

विराटनगर – सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्ट हाउसमा फेला परेको छ। विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए। सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो । सदाय असोज २६ गते गेष्टहाउसमा प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक कोइरालाले सिरहाबाट अपहरण गरी यहाँ ल्याएर हत्या गरिएका हुनसक्ने आशंका गरे। प्रहरीले सदायको हत्या घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मकवानपुर–२ बाट सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । एमालेले सो क्षेत्रमा महेश कुमार बर्तौलालाई चुनावमा उठाएको हो । सो क्षेत्रबाट लगातार ४ वटा निर्वाचन जितेका खतिवडालाई पराजित गर्ने रणनीति अनुरूप एमालेले युवा उम्मेदवार बर्तौलालाई अघि सारेको हो । बर्तौला पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । मकवानपुरको सो क्षेत्रलाई आफ्नो लालकिल्ला मान्ने एमालेले विभाजनको असर भोग्दै गर्दा बर्तौलालाई चुनाव उठाएको हो । त्यसो त उनीहरू दुवै जना विगतमा एकै पार्टी ९एमाले०मा आबद्ध थिए । सम्बन्धनको हिसाबले एमालेका बर्तौला खतिवडाका राजनीतिक शिष्य हुन् ।…

Read More

काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले आदेश जारी गर्ने निर्णय गरेको हो । पत्रकार रविराज बरालले गत वर्ष भदौ १७ गते अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सरकार मन्त्रिपरिषद्को मिति २०७१ माघ २२ गतेको बैठकको निर्णयानुसार गठित कर फछ्र्योट आयोग, २०७१ ले त्यस मन्त्रालयमार्फत २०७२ मङ्सिर २२ गते नेपाल सरकारलाई बुझाएको ‘नेपाल सरकार, कर फर्छ्योट आयोग, २०७१ को प्रतिवेदन’ को प्रमाणित प्रतिलिपिको सूचना पाऊँ भनी सूचनाको…

Read More

काठमाडौँ – तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यून रूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ । तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका…

Read More

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्ता मैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गता मैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गता मैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गता मैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी…

Read More

बैतडी – बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिला बोहरा रहेकी छिन् । खर काट्ने क्रममा वडाकै सलेनी भीरबाट लडेर उनको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्याग्दीमा शुक्रबार भएको महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ । म्याग्दीको खेल मैदानमा संचालित खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५-१०, २५-११ र २५-९ को सोझो सेटमा पराजित गरेको हो । नेपाल प्रहरीको महिला भलिबल टिम समूह ‘सि’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले आगामी खेल असोज ३१ गते समूह ‘ए’को उपविजेतासँग क्वाटर फाइनल खेल खेल्नेछ । सँगै पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको…

Read More