Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन्। विजया दशमीका अवसरमा भिडिओ सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका हुन्। पौडेलले देशमा संक्रमणकालीन अवस्था कायम रहेको बताएका छन्। ‘व्यवस्थामाथि सङ्कटको बादल मडारिरहेको अनुभूति भइरहेको छ। पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो,’ उनले भनेका छन्। उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन्। देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई…

Read More

नेपालगञ्ज– हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाईयात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् । हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदैआएका छन् । एक यात्रुले आक्रोश पोख्दै भने, ‘भनसुन गर्नसक्ने उडे, हामी फर्कन बाध्य भयौँ ।’ निजी विमान…

Read More

काठमाडौँ – बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन । असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला नै छ । तर बन्दी प्रत्यक्षीकरणको रिटका लागि असोज ११ गते योगेन्द्र तामाङको तर्फबाट रिट आए पनि त्यसपछि कुनै रिट आएको छैन । असोज ११ गतेको पेशीमा योगेन्द्र तामाङको तर्फबाट निजकी श्रीमती सुनाम तामाङ मोक्तानले रिट ल्याएकी थिइन् । उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जिल्ला…

Read More

काठमाडौं – विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत हुन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए । यादव यसपटक समानुपातिकको बन्द सूचीमा पनि थिइन् ।

Read More

अर्घाखाँची- अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए। गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडा दरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि…

Read More

सिमरा – हालै नेकपा एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो। खनाललाई नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए। कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन काठमाडौँबाट सडक मार्ग हुँदै बारा आएका खनाल जामका कारण शनिबार साँझ पचरौता पुगेका थिए। ढिलै भए पनि कार्यक्रम स्थल पुगेका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन्। अघि युवा सङ्घको प्रथम अधिवेशनमा नेकपा…

Read More

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले यस बर्षको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् । नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Read More

झापा- कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

गोरखा- गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका कर्मचारीसमेत रहेका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ…

Read More

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्बोधन गर्नका लागि बैठक बसेको हो । संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्बोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ । संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।

Read More