Author: Nisha Shrestha

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको क्षेत्र नं. १ स्थित धुलाबारी जाँदै छन् । बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज धुलाबारी स्थित टाउन हल आउने कार्यक्रम तय भएको एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए । अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि हिजो नै झापा आइसकेका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजोको केही कार्यक्रमहरु स्थगित भएका थिए । तर, आज धुलाबारीमा हुने बृहत कार्यकर्ता भेलालाई भने ओलीले सम्बोधन गर्ने आयोजकले जनाएको छ । विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि तीन दिने गृह जिल्ला आएका अध्यक्ष ओली भोली ३…

Read More

काठमाडौँ – इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आइपिओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।…

Read More

काठमाडौँ – बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ७५ रूपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एकअर्काको अस्तित्व स्वीकारबाट मात्र चल्ने बताए। उनले विज्ञान र प्रविधिको उपयोगबारे अछामका युवाहरुले पनि बुझेकाले त्यो बुझाइलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा सत्ता गठबन्धनमा मत हालेर प्रटक गर्ने आफूले विश्वास लिएको बताए। सत्ता गठबन्धनबाट अछाम क्षेत्र नम्बर १ का साझा उम्मेदवार रहेका मन्त्री कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन् भन्ने…

Read More

काठमाडौं- सत्ता गठबन्धनमा आवद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो । अपिलमा भनिएको छ, ‘आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान ०७२ ले परिकल्पना गरेअनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरू प्रतिबद्ध रहेका छौँ । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट वैचारिक धरातल र सहकार्यको आधार हो ।’

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले अग्रगमनका लागि गठबन्धन बनाएको बताएकी छन् । ललितपुर आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीको कारणले समाजवादमा जाने सङ्कल्पमा धक्का लागेको आरोप लगाइन् । आर्थिक समृद्धिका साथै जनताको जीवनस्तरमा समेत आफूहरूले सुधार गरेका बताइन् । जनताबाट अनुमोदित भएर जनताको समस्या समाधान गर्न लाग्ने उनको भनाइ छ । उनले ललितपुरको सम्पूर्ण क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता समेत जाहेर गरिन् । उनी ललितपुर ३ की गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढङ्गले भङ्ग गरेको बताएका छन् । ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भङ्ग गरेको टिप्पणी गरे । ‘राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भङ्ग गरियो, बिहान गरेको भए राति ६-७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भने, ‘त्यस्तो किसिमको लहडमा भङ्ग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’ संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्त्व हुने बताए ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरूले धोका पाएको बताएका हुन् । १२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरूसमेत रहेको उनको भनाइ छ । ‘गणतन्त्र ल्याउनु र गोरु गाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरू पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरु गाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरू त बद्लिए भन्ने…

Read More

काठमाडौँ – टिकटक लाइभमा उमेर हद तोकेको छ । टिकटकले आफ्नो प्लाटफर्ममा लाइभस्ट्रिम गर्ने प्रयोगकर्ताको उमेर हद तोकेको हो । हाल टिकटकमा लाइभस्ट्रिम होस्ट गर्न १६ वर्षको हुनुपर्ने नियम छ । अब मंसिर ७ गतेदेखि भने लाइभ गर्न १८ वर्षको हुनुपर्ने टिकटकले जनाएको छ । यस्तै, लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओन्लि ’ अर्थात् १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्रै हेर्न मिल्ने बनाउन यसमा नयाँ फिचर पनि समावेश गरिने भएको छ । टिकटक समुदायमा बालबालिका र किशोरकिशोरीलाई सुरक्षित राख्न यस्तो परिवर्तन ल्याउन लागिएको बताइएको छ । त्यसैगरी, टिकटकले ‘मल्टि–गेस्ट’ फिचर पनि सार्वजनिक गर्ने जनाएको छ । यसमा लाइभ गर्नेले अन्य पाँचलाई मोडरेटरका रूपमा समावेश…

Read More

काठमाडौँ- इबोला भाइरसको संक्रमण फैलिनसक्ने त्रासबीच अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् । उनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डे सहरमा थप दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले संक्रमण कम्पालासम्म नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन् । मुबेन्डेमा यसअघि पनि इबोलाका संक्रमितहरु देखा परेका थिए । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि त्यस क्षेत्रमा इबोला भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको जनाइएको…

Read More