काठमाडौँ – बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ७५ रूपैयाँ कायम भएको छ ।
Facebook Comments Box