Author: Nisha Shrestha

काठमाडौँ – माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको दावी गरेका छन् । उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक बारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् । उनले भनेका छन्, ‘म स्वयंले पनि राष्ट्रियसभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो। हाम्रा विचारहरू राष्ट्रपति ज्यूले…

Read More

काठमाडौं – संघीय संसदका सभामुखले प्रमाणीत गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १४ दिनसम्म पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति नन्दबहाुर पुनले राष्ट्रपतिको सो कदमप्रति कडा टिप्पणी गरेका छन् । उपराष्ट्रपति पुनले बुधबार एक विज्ञप्ति जारी गर्दै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत समेत स्मरण गराएका छन्। उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको तथा संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको प्रतिक्रिया दिएका छन् । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य…

Read More

काठमाडौँ- नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्। विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका हुन् । लामखुट्टे नियन्त्रणका लागि समुदाय स्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न समेत उनले आग्रह गरे। नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेङ्गु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा…

Read More

काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा-११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्। ‘पहिला एसइई दिएका विद्यार्थीले यति चाहिँ जिपिए नल्याएकाले विज्ञान पढ्न नपाउने भनिएको थियो,हामीले विज्ञहरुसँग गम्भीर समीक्षा गर्‍यौँ,एसइईपछि कक्षा-११ मा राम्रै गर्छु भन्नेलाई किन रोक्नु, जब कि विद्यालय शिक्षा कक्षा-१२ सम्म तोकिएको छ, न्यूनतम अरू विषय पढ्न पाउनेसरह नै विज्ञान पनि पढ्न पाउने गरी अस्ति सच्याएका छौँ,’उनले भने। उनका अनुसार यसअघि कक्षा-११ मा विज्ञान पढ्न २.० जिपिए…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

Read More

धनगढी – सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ । अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए । सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए । उनले भने, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् । महामन्त्री विश्‍वप्रकाश शर्माको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा ६ जना सहमहामन्त्री छन् भने अन्य सदस्य विषय विज्ञ रहेका छन् । हेर्नुस् सदस्‍यहरुः१ सदस्य – सहमहामन्त्री श्री फरमूल्लाह मंसुर२ सदस्य – सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’३ सदस्य -सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे४ सदस्य -सहमहामन्त्री श्री महेन्द्र यादव५ सदस्य – सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे६ सदस्य – सहमहामन्त्री श्री जीवन परियार७ सदस्य – केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा८ सदस्य -केन्द्रीय सदस्य श्री किरण यादव९ सदस्य – केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी१० सदस्य -केन्द्रीय…

Read More

काठमाडौं – पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति चासो दिन आवश्यक ठानेन । बुधबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय बैठकमा सहभागी भए पनि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी वा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेनन् । यसअघि पाँचदलीय गठबन्धनका हरेक विज्ञप्तिमा उपाध्यक्ष पौडेलले हस्ताक्षर गर्दै आएकी थिइन् । तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकार गर्ने निर्णयको विरोधमा निकालिएको विज्ञप्तिमा जनमोर्चा सहभागी भएन । जनमोर्चाका अध्यक्ष केसीले राष्ट्रपति भण्डारीको कदमप्रति आफूहरूको कुनै चासो नरहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो पार्टीले सुरुदेखि नै नागरिकता विधेयकप्रति फरक धारणा राखेको उल्लेख गर्दै अहिले राष्ट्रपतिको कदमबारे बोल्नु…

Read More

काठमाडौँ – नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ । नेपालकोतर्फबाट अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट यहाँस्थित राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा…

Read More

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट निर्वाचन लड्ने लगभग तय छ। डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि क्षेत्रीय, जिल्ला र प्रदेश समितिले देउवाको नाम सर्वसम्मत रुपमा केन्द्रलाई सिफरिस गरिसकेका छन्। ०७४ सालमा छैटौं पटक जित हात पारेका देउवा यसपटक कति सुरक्षित छन् भन्नेबारे चर्चा हुन थालेको छ। ०७४ सालको निर्वाचनमा काँग्रेसका अधिकांश शिर्ष नेताहरूले पराजय भोगे। तर काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवा ०४८ साल देखिको आफ्नो किल्ला जोगाउन सफल भए। देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखेर छैटौं पटक जित हात पारे। उनले माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले…

Read More