Author: Nisha Shrestha

काठमाडौँ – आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विभिन्न सचेतनामूलक र प्रकोप नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा आम सर्वसाधारणलाई सचेतना अभियान सञ्चालन गरी सम्बन्धित विभिन्न संघसंस्थाले जानकारी गराउने कार्यक्रमहरू रहेका छन्। पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको संभाव्य जोखिममा रहेको छ। अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ। विभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठी इत्यादिले जनजागरण…

Read More

दार्चुला – दार्चुलामा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका तीन जना उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ र २ मा ६/६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकोमा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेश बिपिका राजेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका बिरबहादुर ठगुन्ना र स्वतन्त्र उम्मेदवार बहादुर सिंह धामीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।अब प्रदेशसभा क्षेत्र नम्बर १ मा ५ जना र क्षेत्र नम्बर २ मा ४ जना मंसीर ४ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नौँ जनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । प्रदेश र प्रतिनिधिसभामा गरी…

Read More

एजेन्सी – सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनीलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेत्री सुचीलाई २६ वर्षको जेल तोकिएको छ । सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो। उनले आफूमाथि लगाइएका आरोपको अस्वीकार गर्नुभएको छ । नेत्री सुचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो । सन् १९९१ को…

Read More

वीरगञ्ज – बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ । ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।

Read More

काठमाडौँ – दुई दिनको ४३ अंकको करेक्सनपछि चौथो दिन नेप्से सूचकमा ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचकमा ११.३६ अंकले बढ्दै १८६६.५२ अंकमा उक्लिएको हो । नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन । यसदिन पनि कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो । आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा…

Read More

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन्। राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन् ।

Read More

काठमाडौं – सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् । जनकपुर घर भई सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै सुसाइड नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ । मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टङ्क विष्टलाई अपहरण गरेको उनका परिवारले आरोप लगाएका हुन् । टङ्ककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि मोबाइल स्वीचअफ गरिएको र पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशङ्का भएको उनले जानकारी दिइन् । प्रदेशसभाका आकाङ्क्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले उनलाई उम्मेदवारी फिर्ता लिन पटक(पटक दबाब दिएको उनको परिवारले जनाएको छ । विष्टले कुनै पनि…

Read More

बारा – बारा ४(क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ । सता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो । आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिंड्न आग्रह गरेका थिए । रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घण्टापछि होटलबाट फर्किएको थियो । सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको…

Read More

काठमाडौँ – नक्सालस्थित होटल क्राउन प्लाजामा भएको शंकास्पद आगोलागीमा २३ वर्षीया पवी खनालको मृत्यु भएको छ। घटनामा संग्लन भएको आरोपमा २ जना प्रक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रक्राउ गरिएको हो। उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ। मैनाली भन्छन्, ‘घटना शंकास्पद देखिन्छ। सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन। अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं।’ युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको…

Read More