Author: Nisha Shrestha

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए ।  उनले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए ।उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे ।  यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए । सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि…

Read More

काठमाडौँ – गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ। सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो। सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा.भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन्। मन्त्रालय र समितिबीच मीटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणिका परिवारलाई राहत तथा क्षतिपूर्ति…

Read More

काठमाडौं – प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा सम्बोधन गर्न सुरु गरेका छन् । आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । आज संसद बैठक दिउँसो १ बजेबाट बस्दै छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन । यद्यपि, पार्टीका एक नेताले प्रधानमन्त्री बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताए ।

Read More

कञ्चनपुर – कञ्चनपुरको धेरै स्थानमा भारीवर्षा भएको छ। प्राकृति प्रकोप विपदले क्षेती पुर्‍याएको छ । बनहरा ,चौधर, स्यउली , बछेला, बगुन खोला, साजगाड खोला, मुसेपानी खोला, राधा नदी, कनकट्टी नदि , पथरिया नदी लगायत नदीमा बाढी आएर साना नदी तटीय क्षेत्र नजिकका वस्तिहरु र डुवान र कटान भइरहेको छ। खास गरी बेदकोट, शुक्लाफाटा, कृष्णपुर, लालझाडी, बढी प्रभावित भएका छन् । धेरै संरर्चना जोखिममा रहेका छन। पुल ,कल्भर्ट सडक , घर बगाएको छ।शुक्लाफाँटा -१२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदिको बाढिले कटान गर्दा ढ्लेको छ।

Read More

महेन्द्रनगर – लगातारको वर्षासँगैको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ। उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ। प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन् । शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने बताएका हुन्। ‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्,’ उनले भने, ‘जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ ।’ यसो भन्दा आफूमा चुनावको डर रहेको बताउँदै धर्मलाई नकारात्मक नभनेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है । चुनावको बेला छ, यसो भन्यो…

Read More

काठमाडौं – आजदेखि सरकारले दशैं तिहारका लागि सुपथ मूल्य पसल सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि दशैं लक्षित सुपथ मूल्य पसल सुरू गरेको हो । व्यापार कम्पनीले आजदेखि देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कम्पनीका निर्देशक श्रीमणी खनालले काठमाडौं उपत्यकामा ४ स्थानमा पसल राखेको जानकारी दिए । ती पसलहरूमा चामल, दाल, तेल, चिउरा, गेडागुडी, खाना पकाउने एलपीजी ग्यास र इण्डक्सन चुलो लगायतका वस्तु बिक्रीमा राखिएको छ । यस्तै, उपत्यका बाहिरका पसलहरूमा भने खाद्यान्नहरूको बिक्री हुने खनालले बताए । यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ५ स्थान…

Read More

काठमाडौँ – कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ ।

Read More

महेन्द्रनगर – शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुबानमा परेका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी क्षेत्रका ५ सयभन्दा बढी घर डुबानमा परेका हुन्। जिल्लाको भजनी नगरपालिका-८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार…

Read More