Author: Nisha Shrestha

काठमाडौँ – एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल पक्षधर अन्य नेता तथा कार्यकर्ताले पनि सामूहिक रूपमै एमाले छाडेका छन् । बुधबार भुसाल पक्षधर एमालेका दुई प्रदेश कमिटी सदस्यसहित ३१ नेता–कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका हुन् । रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् । सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताले रुपन्देही–१ बाट उठेका भुसाललाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा…

Read More

डडेल्धुरा – डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेही, स्वतन्त्र (काँग्रेसका बागी) दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन् । एमाले केन्द्रले नै स्नेहीको उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले बताए । उम्मेदवारी फिर्तासंगै अब काँग्रेस बीपीसंग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुने चर्चा छ । यद्यपी बागी उम्मेदवारी दर्ता गराएका एमाले नेता विक्रमबहादुर…

Read More

काठमाडौं – नेकपा एमालेका नेता डा. भीम रावलले आफ्नो उम्मेदवारीबारे भएको टिकाटिप्पणीबारे पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् । आफ्नो उम्मेदवारीबारे कमिटीबाट सिफारिस हुँदाहुँदै केन्द्रबाट सिफारिस नै नभएको नामको व्यक्तिलाई उम्मेदवार बनाएकोबारे नेता रावलले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको कार्की बैंकटमा थापाथलीमा पत्रकार सम्मेलन गर्न लागेको उल्लेख गरेका छन् ।

Read More

काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट दुई केजी गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दिपा मगर रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी प्रक्राउ गरेको हो । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट ३२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका…

Read More

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशभर राजनीतिमा युवा आउनुपर्ने आवाज उठाइरहँदा डडेलधुरामा भने ७७ वर्षे देउवाविरुद्ध उनीभन्दा ७ वर्ष जेठा ८४ वर्षीय रावलको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यसो त डडेलधुराबाटै ३१ वर्षीय सागर ढकालले पनि उम्मेदवारी दिएका छन् । तर टेलिभिजन कार्यक्रममा पेचिलो प्रश्न सोध्दा झर्किएका देउवाविरुद्ध उम्मेदवारी दिएका ढकालभन्दा रावलको उम्मेदवारी रोचक छ । देउवाले डडेलधुराबाट ०४८ पछिका सबै चुनाव जितेका छन् । उनी अहिले सातौंपटक चुनावी मैदानमा छन् । संसद् छिर्ने बित्तिकै गृहमन्त्री बनेका देउवा अहिलेसम्म पाँच पटक त प्रधानमन्त्री नै भइसके । तर…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । पर्यटन विभाग सहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरू बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए । अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनीहरूलाई तत्काल उद्धारको व्यवस्था भनेका छन् । मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पा लगायत हिमाली क्षेत्रमा पर्यटकहरू…

Read More

बाँके – बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । घाइते भएका मध्ये बीरेन्द्रनगर नगरपालिका ७ का २२ बर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २…

Read More

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने बताइन् । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।…

Read More

पोखरा – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।

Read More

काठमाडौँ – आज साताको चौँथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपियाँले बढेर ९४ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला एक हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More