Author: Nisha Shrestha

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उनले केही संस्थाहरू पर्यवेक्षकलाई सहरी र सुविधासम्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताए । आयोगले भारत, बङ्गलादेश, भूटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गनुहुने भएको छ । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

Read More

काठमाडौँ – गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ। नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेसन म्यानेजर उज्ज्वल शेरचनले बताए। आज अष्टमी भएको र भक्तजनहरू बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ। दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात् असोज २० गतेबाट भने निरन्तर सञ्चालन हुने प्रालीले जनाएको छ। मनकामना क्षेत्रका स्थानीय अधिकासं केबलकारबाट आउजाउ गर्ने भएकाले उनीहरूको नियमित आवतजावतका लागि पनि केबलकार सञ्चालन हुने गर्छ।

Read More

बैतडी- महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा अटो रिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल रहेका छन् ।उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए । गोकुलेश्वरबाट देहिमाडाँैतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो । महाअष्टमीमा यात्रु आज देहिमाडौैंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तीव्र गतिका…

Read More

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाकाे चुनाव नलड्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले ‘चुनाव नलड्नु राजनीति छाड्नु नभएको’ बताउँदै आफू सधैँ राजनीतिमा रहेको जानकारी गराएका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बाँकी रहेका उनले बताए । भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ। आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। महरा आफैँले नाम हटाउन लगाएको स्रोतले बतायो। उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्। उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०६४ दाङबाट निर्वाचित भएका थिए। उनले अवसर पनि पर्याप्त पाएका छन्। ६ पटक मन्त्री र एक पटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका…

Read More

झापा – काठमाडौंबाट झापाका लागि हिंडेको यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज तर्फ आउदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो । ना ७ ख २०३२ नम्बरको भावना डिलक्स बस हेटौडा उपमहानगरपालिका वार्ड नं। १५ चुरियामाईमा आइतबार राती करिब १२:३० बजे दुर्घटना हुँदा दमक ५ का ६० बर्षिय डिल्लीबहादुर दर्जी र बेलबारी ८ की ५१ बर्षिया कल्पना राजवंशीको मृत्यु भएको हो । अन्य ३६ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको हेटौटा अस्पतालमा उपचार भईरहेको छ भने अरू सामान्य उपचारपछि घर फर्किएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको…

Read More

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूलाई निम्तो गरेको छ । अफगानिस्तान भने यो सूचीमा छैन । ‘निर्वाचन आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत उहाँहरूलाई आमन्त्रण गरेको हो’, निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले भने, ‘कतिपय सार्क मुलुकहरूका निर्वाचन आयोगले निर्वाचनका बेलामा अरू सार्क सदस्य मुलुकका निर्वाचन आयोगमा निम्तो पठाउने प्रचलन छ, त्यसै अनुसार हामीले आमन्त्रण गरेका हौँ ।’ निर्वाचन आयोगका एक आयुक्तका अनुसार, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान र माल्दिभ्समा निम्तो पठाइए पनि अफगानिस्तानमा भने निर्वाचन आयोगले कुनै पत्राचार गरेन । परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सल्लाह अनुसार,…

Read More

नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दसैँमा टीकाको दिन भुईँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ । “दसैँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्रविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्”, वडाध्यक्ष शिवकान्त तिवारीले भने, “फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन…

Read More

काठमाडौँ – निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ। आइतबारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको भन्दै धेरै पेल्न खोजेमा बाहिरिने चेतावनी दिएका थिए। आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो। बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए। गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए। नेकपा एकीकृत समाजवादीले कम्तीमा २५ क्षेत्रमा दाबी गरेको थियो।

Read More