Author: Nisha Shrestha

काठमाडौं – नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ। बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको हो। बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ। त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ। नेपालबाट भारत बहने अन्य नदीहरुको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा…

Read More

काठमाडौँ – सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो। गठबन्धनको बैठकपछि बोल्दै काँग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदम संविधानमाथिको अपान भएको ठहर गरेको बताए। उनले यसलाई गम्भीर रूपमा लिइएको पनि बताए। खतिवडाले राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने पनि बताए।

Read More

बागलुङ – अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो । ढोरपाटन…

Read More

कञ्चनपुर – महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ। कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन्। विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताए। ‘उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो’, उनले विगत सम्झिँदै भने, ‘बर्खामा बाढी, जङ्गली जनावर तथा कतिपय अवस्थामा डाकाहरू लुटपाट गर्न आउँने डर हुन्थ्यो।’ उनले २०७४ को निर्वाचनपछि मात्रै दोधारा चाँदनीले बिजुली बत्ती देख्न पाएको बताए। ‘यहाँका…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरेको हो । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् । संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्‍ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय…

Read More

धनगढी – कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ। बडेला बुधबार बिहान आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंका गरिएको छ। घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।यस्तै कैलालीकै धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन्। कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीले छोरीको घर आएका उनी मंगलबार साँझ…

Read More

काठमाडौँ – टुकुचामाथि भएका घर–टहरा नभत्काउन उच्च अदालत पाटनले दिएको अल्पकालीन आदेशमाथि आज सुनुवाइ हुँदै छ । अदालतले काठमाडौँ महानगरपालिकालाई असोज ५ गते छलफलमा बोलाएबमोजिम आज सुनुवाइ हुने भएको हो । गत आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । महानगरको तर्फबाट कानुनी परामर्शको टोली छलफलमा जाने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । चार मिटर कायम गर्ने गरी टुकुचालाई खुला रूपमा बग्न दिने योजना महानगरको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १०…

Read More

काठमाडौं – चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। दिल्लीस्थित एम्स अस्पतालमा उनको ५८ वर्षको उमेरमा निधन भएको हो। श्रीवास्तवलाई १० अगस्टमा हृदयघात भएको थियो। त्यसयता उनी एम्स अस्पतालमा उपचाररत थिए। लामो समय भेन्टिलेटरमा रहेपछि बुधबार उनले अन्तिम सास फेरेका हुन्। श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए। राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए। उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’ जस्ता चलचित्रमा पनि सानो भूमिकामा देखिएका थिए।

Read More