Author: Nisha Shrestha

कञ्चनपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् । निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरुले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सहसचिव कर्ण चन्दले जिल्लाका ९२ वटै वडामा प्रचारप्रसार तीव्र पारिएको बताउनुभयो । “निर्वाचन नजिकिँदै छ हामीले प्रचारप्रसार तीव्र पारेका छौँ ।” उहाँले भन्नुभयो, “उम्मेदवार घरदैलोमा पुगेर आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।” तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोे कञ्चनपुरमा सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र पारेका…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड पुगेकी छन्। उनी महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालको सम्मेलनमा सहभागी हुनका लागि आइसल्याण्ड पुगेकी हुन्। राष्ट्रपति भण्डारीलाई आइसल्याण्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत सुश्री एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए । यसअघि दोहामा उनको ट्रान्जिटमा महामहिम नरेश विक्रम ढकाल तथा कतारस्थित नेपाली राजदूतावासका अन्य अधिकारीहरूका साथै कतारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीले नोभेम्बर ८ देखि १० सम्म हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिनेछिन्। राष्ट्रपति भण्डारी कतार एयरवेजको विमानमार्फत सोमबार बेलुका आइसल्याण्डतर्फ प्रस्थान गरेकी थिइन्। नेपाल सरकारको स्वीकृतिमा राष्ट्रपति भण्डारी ६ दिने औपचारिक भ्रमणमा गएकी हुन्।…

Read More

काठमाडौँ – गएराति भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि केही बेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो। उद्धारसँगै घटनास्थलमा आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली खटिएको सेनाले जनाएको छ। गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो। आठ घर पूर्णरुपमा भत्किएको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। गए राति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन्। आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका हुन्। ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोटी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गरेका छन्। ओलीले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनामा समवेदना व्यक्त गरेका हुन्। ओलीले लेखेका छन् ‘दुःखद् खबर-हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ। उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् ।

Read More

डोटी – डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा, धनसरी बोहरा र कितुलछी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल…

Read More

प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी प्युठान नगरपालिका –५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४३ वर्षिय बच्ची थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए। दुर्घटनामा १२ जना घाइते भएका छन्। गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ बाँकी ६ जना जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको छ। जिप सडकबाट करिब १५०…

Read More

डोटी – डोटीमा भुकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । बुधवार बिहान २:१३ बजेको समयमा भुकम्प जाँदा घर भत्किएर डोटिको पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँ निवासी एकै घरका ४ जना र अर्को घरको २ जना गरेर ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक दर्जनभन्दा बढी घाइते भएको स्थानीयले बताएका छन् । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको छ भने पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा…

Read More

हेटौँडा – मकवानपुर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभा स्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै हेटौँडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको प्रहरीले जानकारी दियो । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।

Read More

हेटौँडा – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सर्प्राइज’ पाउने बताएका छन्। हेटौँडामा मङ्गलवार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सर्प्राइज दिने दाबी गरेका हुन्। आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ ‘मैले सुनेको छु देशले यो पटक सर्प्राइज कुरिरहेको छ रे ! काठमाडौँ र धरानबाट त्यो सर्प्राइज शुरु भइसकेको छ। चितवनबाट म सर्प्राइज दिन्छु, मकवानपुरबाट तपाईँहरूले एउटा आवाज निकाल्नुहोला। त्यो आवाज घण्टीको हुनेछ।’ लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गे झार पार्ने चेतावनी दिए। ‘कैयौँ नेताहरूले भोट हाल्ने ठाउँमा सिसी क्यामेरा राखेका हुन्छौँ‚ हामीलाई भोट…

Read More