Author: Nisha Shrestha

दमौली – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रमा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्। ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ’, पौडेलले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्।’ वरिष्ठ नेता पौडेलले काँग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे। निर्वाचनको दिन नजिकिँदै गरेकाले काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह…

Read More

काठमाडौं – देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका–११ कपन प्रगति चोक बस्ने लब्जी बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनलााई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५…

Read More

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेश गर्न दिएको समयावधिभित्र सूची बुझाएको सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र भाँडभैलो देखिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आफ्ना मान्छेहरुको मात्रै नाम बन्दसूचीमा समावेश गरेको भन्दै संस्थापन इतरसमूहले त्यसको खारेजीको माग गरेका छन् । ४० प्रतिशत सिट मागेको संस्थापन इतरपक्षलाई जम्मा १२ प्रतिशतमा खुम्च्याइएकोमा इतरपक्षले बन्दसूचीमा पेश गरिएका नामावलीप्रति असन्तुष्टी जनाउँदै खारेजीको माग गरेको हो । अहिलेको बन्दसूचीको खारेजी गर्दै नयाँ आप्mनो पक्षको सम्मानजनक सहभागीता नजनाईकन चुनावमा गए कांग्रेसले ठूलो चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसले पार्टीभित्रैको असन्तुष्टीलाई बेवास्ता गर्दै चुनावमा जान खोज्नु भनेको पराजयको नजिक पुग्नु हो…

Read More

दोलखा- सहरी विकास मन्त्री मेटमणी चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताएका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘राजनीतिक दलहरू असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरूले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसै कारणले जनताले आज विकल्प खोज्न थालेका छन् । फराकिलो सोच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ ।’ सीमान्तकृत जनजातिहरूलाई राज्यको मूल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरूलाई गाली गरेर, नेतालाई…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। आज पाँचवटै मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा तोकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन्। रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाफ भएको उल्लेख गरिएको छ। साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक…

Read More

काठमाडौं – सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो । यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

इलाम – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको इलाम जिल्ला संयोजकमा बिपिन दाहाल मनोनीत भएका छन् । दाहाललाई यथासिघ्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको हो । इलाम नगरपालिका वडा नं ८ स्थायी घर भएका दाहाल राप्रविसं इलामका पुर्व  अध्यक्ष पनि हुन् ।  दाहाल महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत छन् । शनिबार संयोजित संगठन समन्वय विभागका सदस्य सचिब धनसुर शाही, संगठनका सदस्य सचिव मदन शाही तथा संगठनका १ नं. प्रदेश संयोजक सुवास घिमिरे, राप्रविसं महाधिवेशन आयोजक समितिका सदस्य कृष्ण अग्रवाल लगायतको उपस्थितिमा इलामको श्रीअन्तुमा बसेको बैठकबाट राप्रविसंका केन्द्रीय संयोजक जयप्रकाश बगालेले उनलाई मनोनयन…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जनस्तरमा अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगु नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् । बिरामीले सिटामोल पनि भनेको समयमा पाइँदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् । फरक प्रसङ्गमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर…

Read More

काठमाडौँ – नागरिकता विधेयक सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भीक सुनुवाइ आज हुन लागेको हो। अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। शुक्रबार पाँचवटै मुद्दाको पेशी न्यायधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरु सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन्। रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ।…

Read More

काठमाडौं – हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास गरिएको छ । मोरु गणेशस्थान नजिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सम्पदामार्गको शिलान्यास गरेका हुन् । हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ । मन्त्री श्रेष्ठले कार्यकाल सम्हाल्दै गर्दा हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणसम्बन्धी काम गर्ने पहिलो निर्णय गरेका थिए ।

Read More