Author: Nisha Shrestha

काठमाडौं – सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सुचना जारी नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नभइन्जेललाई…

Read More

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताएका हुन् ।

Read More

ललित सामन्त दार्चुला – दार्चुलामा दशकपछि एमालेका नेता गणेश सिह ठगुन्ना र नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूविच तेस्रो पटक आमने सामने हुदैछ । अब निर्वाचन आउन ३६ दिन बाकी रहदा दार्चुलामा प्रतिनिधि सभामा कसले बाजी मार्ला भन्ने विषयमा चिया पसल देखि चोक चौतारा सम्म कुरा उठन थालेका छन् । मंसिर ४ गते आइतबार हुन गइरहेको निर्वाचनमा पूर्वमन्त्री गणेश ठगुन्ना र बाहालवाला मन्त्री दिलेन्द्रप्रसाद बडू विच यो पटकको चुनावमा आमने सामने हुने भएको छ । करिब एक दशक (२०७० को चुनाव) पछि बडू र ठगुन्ना दार्चुलामा यसपटक तेस्रोपटक प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ सय ६२ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ८८ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये ७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।

Read More

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५७ जनाको उम्मेदवारी परेको छ । देशका ७७ जिल्लामा परेको कुल उम्मेदवारीको १०.६५ प्रतिशत हिस्सा काठमाडौं जिल्लाले ओगटेको छ । १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार १८७ जना पुरुष र २२५ जना महिला रहेका छन् । आयोगको तथ्याङ्क अनुसार काठमाडौंपछि ठूलो संख्यामा उम्मेदवारी परेका प्रमुख ९ जिल्लामा क्रमसः मोरङ, धनुषा, सुनसरी, झापा, रुपन्देही, सिराहा,…

Read More

काठमाडौँ – डा. गोविन्द केसीले सरकारलाई सात दिने अल्टिमेटम दिएका छन् । चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्नुपर्ने माग सम्बोधन नभएको र छिट्टै माग सम्बोधन नभए सत्याग्रहसहितको आन्दोलन शुरुगर्ने चेतावनी दिएका छन् । डा. केसीले एक विज्ञप्ति जारी गर्दै सरकारलाई चेतावनी दिएका हुन् । विज्ञप्तिमा उनले लेखेका छन् : “हाम्रो पछिल्लो सत्याग्रहका क्रममा चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्नुपर्ने एउटा प्रमुख माग रहेको थियो । वार्ताका क्रममा शिक्षामन्त्री तथा मुख्य सचिवले आयोगमा कर्मचारी खटाउने क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पनि गरेका थिए । तर दुवै जनाले त्यो प्रतिबद्धता पूरा गरेका छैनन् । उल्टै आयोगको कार्य सम्पादन नै प्रभावित हुने गरी हस्तक्षेप…

Read More

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताउनुभएको छ । आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरे। आफुहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उहाँले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परिक्षण केन्द्र स्थापना गरेको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने पनि बताए…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तयारीका लागि परिचालन हुन भ्रातृ संस्था नेपाल तरूण दललाई निर्देशन दिएका छन्। तरूण दल अध्यक्ष विद्वान गुरूङसँग आज बिहान बालुवाटारमा भएको भेटमा सभापति देउवाले उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका हुन्। भेटमा अध्यक्ष गुरूङले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरूण शक्ति परिचालन गरिने बताएका थिए। उनले तरूण दलले जिल्लास्थित कार्यसमितिहरूसँग समन्वय गरी निर्वाचन केन्द्रित कार्यक्रममा होमिने बताएका थिए। सभापति देउवाले तरूण दललाई चुनावमा केन्द्रित भई गाउँ-गाउँ जान र उम्मेदवारलाई जिताउन भूमिका खेल्न आग्रह गरेका थिए।

Read More

काठमाडौँ: पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो । जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा,…

Read More

काठमाडौँ – इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन् । शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन् । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएका समाचारमा जनाइएको छ । राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका बीचको सम्बन्धलाई थप अगाडि बढाइने बताएका छन् । राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताएका छन् । उनले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाएका सो सन्देशमा आगामी दिनमा चीन…

Read More