Author: Nisha Shrestha

दार्चुला – नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । सोमबार दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो । नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले पुलको शिलान्यास गरेका हुन । नेपालतर्फ पुलको शिलान्यास गर्नुहुदै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउनुभयो । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भन्नुभयो, दार्चुलामा पुल बनेसंगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ । दार्चुला त्रिदेशीय सीमा…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औल्याउनुभएको छ । आठौँ संविधान दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले जनताको सहभागितामा बनाएको संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने र संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र त्यसका लागि भएका विभिन्न आन्दोलनमा जीवन बलिदान गर्ने शहीदप्रति विज्ञप्तिमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग…

Read More

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । राजकोले सोमबार निर्वाचन आयोगमा प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची बुझाएको हो । राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ । वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली बुझाइएको उनले बताए । प्रदेश नम्बर १ र मधेस प्रदेशमा भने पार्टीको अवस्था कमजोर भएकाले बन्दसूची पेस नगरिएको उनको भनाइ छ ।

Read More

काठमाडौं – समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुङ्गो लगाउन नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरूमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरू छलफलमा जुटेका हुन् । प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुङ्गो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुङ्गो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले…

Read More

काठमाडौँ – संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छन् । यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिन्छ । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरुको नाम समेटिएको छ । यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् । राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई…

Read More

काठमाडौं – धनगढीमा अनशनरत र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता हुँदैछ। आइतबार पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज फेरि वार्ता हुन लागेको हो। पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा. केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले जानकारी दिए। डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनेको छ भने सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा वार्ता टोली बनाएको थियो । डा. केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। कैलालीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज टुँडिखेलस्थितसैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने र यसले हाम्रो संविधानलाई चलायमान बनाउनाका साथै जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरुको एकमात्र अभिष्ट भएको स्पष्ट पार्नुभयो । “संविधान दिवसका…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले साफ च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टिमलाई शुभकामना दिएका छन् । साफ च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्ने तयारीमा रहेको नेपाली टोलीलाई बालेनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै हामी ऐतिहासिक जितको एक कदममात्र पछि रहेको जनाएका छन् । उनले साँझ दशरथ रंगशालामा हुने फाइनल खेलको जितपछि नेपाली महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने विश्वास लिँदै जितका लागि सबैलाई शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ । जितको लागि सम्पुर्ण टिमलाई सुभकामना ।…

Read More

काठमाडौँ – असोज १ गते बाबा विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् । आश्विन संक्रन्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा विश्वकर्माको प्रतिमा सेलाउन थालिएको हो । असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरिएको थियो । बालुवाबाट बनाइएको मूर्ति नदीको मुहान क्षेत्रका पवित्र तीर्थस्थलमा सेलाइन्छ । तस्वीरलाई भने नियमितरुपमा पूजा आराधना गर्ने विधि छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती…

Read More

काठमाडौं – दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको…

Read More