Author: Nisha Shrestha

काठमाडौँ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ। स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए।

Read More

बागमती – मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

Read More

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो । प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

Read More

काठमाडौँ – गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् । यस्तै, नगरपालिका तर्फ मेयरका पराजित ९६ उम्मेदवार र उपमेयरका पराजित ६४ जना उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन् । कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पनि समानुपातिकमा समावेश भएको जनाइएको छ । यससँगै माओवादी केन्द्रले पनि बन्दसूचीको नाम टुंग्याएर निर्वाचन आयोगमा बुझाउन गएको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी एक नेताले बताए । महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए । समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।

Read More

काठमाडौँ– रूपन्देही र धनुषामा डुबेर दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका-१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको आइतबार साँझ मृत्यु भएको हो । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका-१३ मणिमण्डव पोखरीमा डुबेर सोही उपमहानगरपालिका-१४ बस्ने १६ वर्षीय प्रिन्स राउतको आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेहोस भएका उनको मधेश प्रदेश विज्ञान प्रतिष्ठान अस्पताल मणिपाल जनकपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा भएको विकास निर्माणका कामहरूको प्रशंसा गरेका छन् । सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दै गर्दा आफूले यस्तै विकासको कुरा गरेको भन्दै प्रशंसा गरेका हुन् । ‘यस्तै शिक्षालय, यस्तै अस्पताल, जनतालाई सेवा दिने भवन सिंहदरबारको कुरा गरेको हो र जनतालाई अझ धेरै अधिकार दिने कुराको पक्षपोषण गरेको हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको पनि बताए । ‘सगरमाथाको काखमा भएको तपाईँको जिल्लामा सोलुखुम्बुवासीका निम्ति शिक्षा, स्वास्थ्य…

Read More

दार्चुला – नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी सोमबार महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो । नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले पुलको शिलान्यास गरेका हुन । नेपालतर्फ पुलको शिलान्यास गर्नुहुदै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउनुभयो । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भन्नुभयो, दार्चुलामा पुल बनेसंगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ । दार्चुला त्रिदेशीय सीमा…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ ।सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको प्रचण्डले बताएका थिए । समानुपातिक उम्मेदवारको सूची टुङ्ग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए । अब प्रचण्ड फर्केपछि साढे तीनबजेतिर मात्रै पदाधिकारी बैठक बस्ने छ । समानुपातिक सूची मिलाउन माओवादीले…

Read More

काठमाडौं – संविधान दिवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज केही खेलाडीलाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । घोषणा आज गरिए पनि खेलाडीलाई ती मानपदवी, अलङ्कार र पदक भने २०८० वैशाख १ गते राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच प्रदान गरिने छ । राष्ट्रपति भण्डारीले आज घोषणा गरेअनुसार तेकवान्दो खेलाडी दिपक विष्टलाई प्रबल जनसेवाश्री पाउने छन् । पौडी खेलाडी गौरिका सिंहलाई राष्ट्रदीप दिने घोषणा गरिएको छ । खेलकुदकर्मीद्वय निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगत बहादुर खड्का, तोक्वान्दो खेलाडी पलेशा गोवर्धन, फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङ, भलिवल खेलाडी अरुणा शाही, तेक्वान्दो खेलाडी र भजिन्द्र बहादुर क्षेत्रीलाई जनसेवाश्री…

Read More