Author: Nisha Shrestha

काठमाडौं – त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आज बिहान १० बजे नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गर्न खोजेको थियो। सोहि क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघले ढुंगा प्रहारमा उत्रेको हो । नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि सोही ढुंगा टिपेर क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो। दुवै पक्षबीचको ढुंगा हानाहानमा उक्त क्षेत्र तनावग्रस्त बनेको छ । त्रिचन्द्र क्याम्पस हुँदै सञ्चालन हुने सवारी आवागमन पूर्णरुपमा निषेध गरिएको छ ।

Read More

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टि सेप्टेम्बर १९ को सोमबार स्थानीय समयअनुसार ११ बजे हुने भएको छ । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी रानीलाई लन्डनको पश्चिममा रहेको विन्डसर क्यासलमा रहेको सेन्ट जर्ज च्यापलमा प्रतिबद्ध सेवाका लागि लगिने बकिङ्घम प्यालेसले पुष्टि गरेको छ। रानीको शरीर हाल उत्तरपूर्वी स्कटल्याण्डको बालमोरल क्यासलको बलरूमम रोयल स्ट्यान्डर्ड फर स्कटल्याण्डले ढाकिएको ओक कफिनमा छ, जसमाथि फूल माला र पुष्पगुच्छा अपर्ण गरिएको छ। शाही अधिकारीहरूले यसलाई “शान्त मर्यादाको दृश्य“ भनेका छन् । रानीको कफिनलाई आइतबार एडिनबर्गको होलीरुडहाउसको दरबारमा सडकबाट १८० माइल (२९० किलोमिटर) यात्रामा लगिनेछ ।

Read More

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिदै इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने उल्लेख गरेको छ । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि…

Read More

दार्चुला – दार्चुलामा हिजो राती पनि वर्षा भएपछि कटान रोकिएको छैन् । महाकाली नदीको वहाव नेपालतर्फ आएको र लास्कु खोलामा पनि बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ । बंगाबगडका केही घरहरु जोखिममा रहेकाले बंगाबगड क्षेत्रमा अहिले अस्थाई तारजाली लगाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनुभयो । कटान रोक्नका लागि अस्थाई तटबन्धको काम भइरहेको उहाँले बताउनु भयो ।लास्कुखोलामा नेपाली सेनाले अस्थाई काठेपूल लगाउने जिम्मा पाएको गुरुगोरख गुल्म दार्चुलाले जनाएको छ । आज नै उक्त क्षेत्रमा काठेपुल संञ्चालन गरिने सेनाले जनाएको छ । नदीको वहाव नेपालतर्फ भएकोले…

Read More

काठमाडौँ – संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १२ः५९ मा सुरु हुनेछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन, व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित कारागार विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले…

Read More

काठमाडौँ –  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए । नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सात जना…

Read More

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा महाकाली…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ७ सय ४६ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

दार्चुला – दार्चुलामा नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते भएकाहरुको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भिर घाइते ४५ वर्षिय बिरेन्द्र ठगुन्ना, वर्ष ४० का जयबहादुर ठगुन्ना, ३५ वर्षिय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षिय रम्भा देवी ठगुन्ना र ३० वर्षिय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्मले जनाएको छ । उनिहरु पहिरोमा परी गम्भिर घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । गम्भिर घाइते उनिहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था नाजुक रहेको बताइएको…

Read More