Author: Nisha Shrestha

चौतारा– खेतीपातीबाट बढी उब्जाउका लागि प्राङ्गारिक मलको जोहो गर्न गाईभैँसी पाल्थे किसान । सामाजिकीकरण, आधुनिकीकरण र तीव्रतम आर्थिक गतिविधिले चालिसको दशकअघिको यो जमाना बदलिएको छ । बस्तुभाउ पालनलाई व्यावसायिक र आर्थिक गतिविधिसँग जोडेर किसानले दुग्ध उत्पादनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । दुग्ध व्यवसायमा बढ्दो किसानको आकर्षणले चार दशकको अन्तरालमा सिन्धुपाल्चोकले दूध उत्पादनको उर्बरभूमि र भण्डारकैरुपमा परिचय बनाएको छ । जिल्ला दुग्ध उत्पादनको पकेट क्षेत्रसमेत घोषित भएको छ । विसं २०४२ पछि दुग्ध व्यवसायतर्फ लम्केका किसानले केही वर्षमै यसलाई प्रमुख व्यवसाय र पेशाकैरुपमा अँगाले । आम्दानीको ‘स्वाद’ले किसानले उन्नत जातका गाईभैँसी भित्रयाए र विस्तारै व्यावसायिक बन्दै गए । पचासको दशकमा आइपुग्दा जिल्ला दुग्ध उत्पादनको उर्वर भूमिका रुपमा चिनिन थाल्यो ।  जिल्ला दुग्ध उत्पादक संघको तथ्यांकअनुसार १३ हजार घरपरिवार…

Read More

काठमाडौँ – उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर स्याउ बिग्रिसकेका बताइएको छ । कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताए । गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैँ लक्षित सामग्री…

Read More

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न चार बजेका लागि बैठक बोलाएका हुन् । प्रशासन बालुवाटार स्रोतका अनुसार दर्जन बढी नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने भए पनि केही महत्त्वपूर्ण नियुक्ति तथा निर्णय हुँदै छ ।

Read More

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिला गरी सुरु भएको हो। बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड गरेर गठबन्धन जान लागेको हो। आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए। जारी बैठक सिट बाँडफाँडमा केन्द्रित रहेको छ। कार्यदलले दिएको सुझावका आधारमा शीर्ष नेताले सिट बाँडफाँड गर्ने भएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची…

Read More

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले ट्राफिक प्रहरीले कानुन संम्मत ढंगले संयमित, धर्यवान र कर्तव्यनिष्ठ भएर तालिममा प्राप्त गरेको ज्ञान सिपलाई व्यवहारमा उतारी ट्राफिक व्यवस्थापनमा आफ्नो उत्कृष्ट योगदान दिनुपर्ने बताउनुभयो।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध…

Read More

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा…

Read More

महोत्तरी – मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ । महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो । अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा)पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने…

Read More

काठमाडौँ – चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लीले आजै समकक्षी सापकोटासँग वार्ता गर्ने तालिका छ। सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेका छन् । चिनियाँ नेता लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टा-छुट्टै भेट गर्नेछन् भने भ्रमणको अन्तिम दिन तथा पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल…

Read More

बागलुङ – बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् । डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका-११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

Read More

काठमाडौं – श्रीजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ आज सोमबार भदौ २७ गते बाँडफाँट सम्पन्न भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले बिहान ९:१५ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँट गरेको हो। यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ | यस कम्पनीको आइपीओमा माग भन्दा ५३.४० गुणा बढी आवेदन परेको थियो | यस लघुवित्तको आइपीओको अन्तिम अपडेट अनुसार अनुसार २ अर्ब १० करोड २७ लाख ३ हजार रुपैयाँ आवेदन परेको थियो | १९ लाख ११ हजार २४१ जनाले २ करोड १० लाख २७ हजार…

Read More