काठमाडौं – श्रीजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ आज सोमबार भदौ २७ गते बाँडफाँट सम्पन्न भएको छ ।
बिक्रि प्रबन्धक सनराइज क्यापिटलले बिहान ९:१५ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँट गरेको हो। यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ |
यस कम्पनीको आइपीओमा माग भन्दा ५३.४० गुणा बढी आवेदन परेको थियो | यस लघुवित्तको आइपीओको अन्तिम अपडेट अनुसार अनुसार २ अर्ब १० करोड २७ लाख ३ हजार रुपैयाँ आवेदन परेको थियो | १९ लाख ११ हजार २४१ जनाले २ करोड १० लाख २७ हजार ०३० कित्ताका लागि आवेदन दिएका थिए |
यस कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता सेयर आइपीओ जारी गरेको थियो | जसमा (५ % ) १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र (०.५%) ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन् ।
श्रृजनशील लघुवित्तको आइपीओमा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ | रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
लगानीकर्ताले सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्रीजनशील लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।