Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज पौडेल (सफल) ले रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दिएको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेलले सर्वोच्चमा रिट दायर गरेका हुन् । लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय बदर हुनुपर्ने, लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गरिनुपर्ने र महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु…

Read More

धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय राजेश बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक समेतका १२ जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्ने अन्य नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन…

Read More

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ । नगरपालिकाले मेयर–उपमेयर आवास कार्यक्रमअन्तर्गत १९ घर निर्माण थालेको नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रभित्र गत वर्ष पनि पूर्वसङ्घीय सांसद डा दीपकप्रकाश भट्ट र सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्वमन्त्री मानबहादुर सुनारको पहलमा समेत विपन्न समुदायका लागि दुईकोठे पक्की घर बनेका थिए । ‘चालु आवमा नगरबाट १९ र हाम्रो वडाबाट विनियोजित बजेटले तीन घर निर्माणको अन्तिम चरणमा छन्’, वडा नं ६ का वडाध्यक्षसमेत रहेका प्रवक्ता बस्नेतले भने, ‘प्रदेशको जनता आवास कार्यक्रममार्फत पनि यहाँ विपन्न तथा गरिब समुदायलाई…

Read More

बर्दिबास – प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए । प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ थियो । प्रधान सेनापति शर्माले भने, ‘हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्त्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क…

Read More

तनहुँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रास्वपा गृह मन्त्रालय पाए फेरि सरकारमा जाने टिप्पणी गरेका छन् । उपनिर्वाचनमा तनहुँ १ बाट काँग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले तनहुँवासीले उनीहरूलाई विगतमा किन सरकारमा गएको, किन बाहिरिएको र गठबन्धन बदलेर राष्ट्रपतिमा किन रामचन्द्र पौडेललाई मत दिएको भनेर प्रश्न गर्नुपर्ने बताए । नयाँ आउनुभएको साथीको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने रह्यो’ उनले भने, ‘तनहुँवासीले प्रश्न गर्नुपर्छ । पुष्पकमल दाहाल र केपी ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको, केही दिनपछि गठबन्धनबाट किन निस्केको, केही दिनपछि नयाँ गठबन्धनमा राष्ट्रपतिमा रामचन्द्रलाई…

Read More

चितवन – नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्ना लागि भएको बताएका छन् । चितवन २ बाट निर्वाचित सांसद (रास्वपाका सभापति रवि लामिछाने)को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको उनले सुनाए । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’ त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए । आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ सङ्केत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।…

Read More

काठमाडौँ – ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन् । आगलागीका कारण नखुलेको तर प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको देखिएकाले त्यसैबाट आगलागी भएको अनुमान गरिएको उनले बताए । उनले घटनाको अनुसन्धान जारी रहेको र क्षतिको यकिन विवरण पनि आउन बाँकी रहेको जानकारी दिए ।

Read More

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो । यसअघि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादव सप्तरी २ मा जनमत पार्टीका सीके राउतसँग पराजित भएका थिए ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्व मन्त्री समेत रहेका चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेका हुन् ।

Read More