Author: Nisha Shrestha

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ। आइतबार २३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएको छ।

Read More

दार्चुला – नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस गरिएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि दार्चुलाबाट प्रतिनिधिसभातर्फ ठगुन्नाको नाम सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो । विःस २०७० सालमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा नेपाली कांग्रेसकै बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसपटक पाँच दलित गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले हराउदै दार्चुलामा एमालेको विजय हुने नेता ठगुन्नाले दाबी समेत गरेका छन् । दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका हुन्। आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरे। ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन’, उनले भने, ‘प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’ उनले संसदको आयु मंसिर…

Read More

काठमाडौं – राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक(भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक…

Read More

अछाम – नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो । पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा समानुपातिकतर्फ अनुराधाकुमारी स्वाँर, मोतिलाल बोहरा, डम्मर सुनार, मोहमद अक्रामुल शेख, शान्ता कुँवर, लक्ष्मी शाह र सुरेन्द्र खड्काको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाही तथा समानुपातिकतर्फ क्षेत्र नं २ बाट…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेर निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्। उनले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाए । ऐनको सन्र्दभमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राखे। उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र…

Read More

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिको आजको बैठक सकिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घण्टा बसेको थियो । महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिन पाँच प्रश्न सोधिएको थियो । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए । जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको प्रेस विज्ञ श्रीघर न्यौपानले बताए। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन्। यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची पनि छ। सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित समितिमा सदस्य हेरफेर गर्नेछन्।

Read More

कैलाली – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतवार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको दाबी गरे । महासचिव पोखरेलले देशको अर्थतन्त्रको एक वर्षअघि र अहिलेको अवस्थाका बारेमा चर्चा गर्दै गठबन्धन सरकारको एक वर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नरहेको बताए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिँदा जे कुरा बाहिर आएका छन्, त्यसले परमादेशको रहस्य खुल्दै गएको…

Read More

काठमाडौं – महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ । बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यससँगै निलम्बनमा रहेका जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।

Read More