काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको प्रेस विज्ञ श्रीघर न्यौपानले बताए।
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन्।
यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची पनि छ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित समितिमा सदस्य हेरफेर गर्नेछन्।
Facebook Comments Box