Author: Nisha Shrestha

धनगढी – लोकप्रिय दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना आदर्णिय ग्राहकवर्ग लक्षित “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालीदेखि स्टेट ७ होटल गोदावरी सम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागीता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए…

Read More

काठमाडौं – नेपाली काँग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम सोच्न नहुने बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिला नेतृहरूलाई नेतृत्वले कम सोच्न नहुने बताएकी हुन्। २१ औँ शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेका जिकिर गर्दै सङ्ग्रौलाले महिला घर चलाउन मात्रै नभएर देश चलाउन पनि सक्षम रहेकोमा जोड दिइन्। सङ्ग्रौलाले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई प्रतिस्पर्धा गर्ने अवसर दिन पनि राजनीतिक दलका नेतृत्वहरूलाई आग्रह गरिन्।

Read More

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।” सांसद डा डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दीलकुमारीले नागरिकताका विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो । सांसद…

Read More

बाँके – बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । कोहलपुरमा नापी र मालपोत कार्यालयको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रुपमा लागेको बताउनुभयो । मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न बजेट व्यवस्था नभए पनि बजेट अभाव हुन नदिन अर्थ मन्त्रीबाट भएको प्रतिबद्धता अनुसार कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो । जनताको दैनिक जीवनसँग जोडिएको भूमि र जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि संवैधानिक व्यवस्था अनुरुप गर्न मन्त्रालय प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले प्रविधिको माध्यमबाट भूमि र जग्गा प्रशासनमा सुशासन कायम…

Read More

रुपन्देही- आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दीपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – सुनको मूल्य फेरि क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारभन्दा तल आइपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम दिन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियो। चालु महिनाको सुरुवातमा प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमबार सर्वाधिक घटेको हो। गत साउनमा बढ्दा तोलाको ९७ हजार ८ सम्म पुगेको सुन घट्दा…

Read More

डडेल्धुरा – सुदूरपश्चिम प्रदेश सरकारले निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गराउने तयारी गरेको छ । सोमबार बस्ने प्रदेश सभाको १०औं अधिवेशनको बैठकबाट उक्त विधेयक पारित गर्ने तयारीमा प्रदेश सरकार लागेको हो। उक्त विधेयक पारित भए ‘तोकसेवा’मार्फत भर्ना भएका करार कर्मचारी स्वतः स्थायी हुनेछन्। प्रदेश सरकारले मन्त्रालय र मातहतका कार्यालयमा ६ सय ३९ अस्थायी कर्मचारी भर्ना गरेको छ। हुन त प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले करार तथा अस्थायी कर्मचारीलाई लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति गराउन सुझावसहितको प्रतिवेदन सभामा पेश गरेको छ। संविधानको धारा २४३ बमोजिम निवृत्तिभरण पाउने पदमा स्थायी नियुक्ति…

Read More

काठमाडौं – भरुवा बन्दुकसहित प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ वर्षीय रामबहादुर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । चौधरीलाई गढवा गाउँपालिका–७ स्थित ज्योति सामुदायिक वन सिकार खेल्न गएका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ। चौधरीको साथबाट अवैध रुपमा रहेको एक थान भरुवा बन्दुक, २ वटा फलामको छर्रा र १ वटा गोली कपडाको टुक्रा र कालो रङको बारुदजस्तो धुलो पदार्थ बरामद भएको छ। भरुवा बन्दुकमा प्रयोग हुने फलामको गोली थान –१९, फलामका साना ठुला छर्रा थान–१२६ , कपडाको सानाठूला टुक्रा थान–१२, गोल्डी हिंग लेखिएको…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ १४ गते ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो मंसिर १३ गते परिपक्व हुनेछ। यो ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

Read More

कञ्चनपुर – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिए। उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एकरदुई दिनसम्म समय लाग्ने गरेको छ। ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्,’ उनले भने,…

Read More