Author: Nisha Shrestha

काठमाडौं – वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा यही चैत ५ र ६ गते ‘वर्षातको पानी सङ्कलन पानी सुरक्षण र जलवायु परिवर्तनका असरको सम्बोधन’ विषय सम्मेलन आयोजना गरिएको थियो । घोषणापत्रमा पानी सङ्कट न्यूनीकरण गर्ने समान उद्देश्य भएका संस्थाको सञ्जल निर्माण गर्ने, एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुन निर्माण गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने, पानी सङ्कट समाधानका लागि नयाँ प्रविधिको अवलम्बन र खोजी गर्ने, वर्षातको पानी व्यवस्थापनमा सामूहिक…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सभापति लामिछानेलाई शक्तिका आडमा राहदानी मुद्दामा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ले उजुरी दर्ता गराएका हुन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायाधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासलाई गति दिन बृहत्तर समन्वय बैठक राख्ने बताएका छन्। मङ्गलवार गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थ हिटी–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताएका हुन् । उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्दै छु । विकासलाई गति दिन गम्भीर छलफल हुन्छ। विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ।’ उनले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए। उनले जनतालाई सेवा दिएर विश्वास जित्ने सङ्कल्प आफूले लिएको उनको भनाइ थियो। उनले गोरखा २ बाट…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा आफ्नो हिस्सेदारी खोज्ने भएको छ। मङ्गलवार बसेको सचिवालय बैठकले गठबन्धन दलभित्र आफूहरूले पाएको मन्त्रालय सङ्ख्याको आधारमा निर्णय गर्ने भएको हो। सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुङ्गो लगाएपछि पार्टीले निष्कर्ष निकाल्ने बताए। खनालले गठबन्धनभित्र भागबन्डाको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको जनाए। उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा लक्ष्यमा सरकारमा जाने ? सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ ।’ नेकपा एसका नेताहरूले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने बताएका छन्।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबन्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने दाबी गरेका छन्। मङ्गलवार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रदेश सरकारहरू गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने। त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकाङ्क्षा सम्बोधन गर्ने एकीकृत रूपमा अगाडि बढाउँछौँ।’ उनले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराए। ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ। आज बिहानबाटै नेपाली काँग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको…

Read More

काठमाडौं – नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गर्नुभएको थियो । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफँै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभएको थियो । कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुुभयो । केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेल सो…

Read More

एजेन्सी – संयुक्त राष्ट्रसङ्घ अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् । इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसधारणको ज्यान गएको हो । त्यस्तै उत्तरी किभुमा पनि उनीहरुले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा…

Read More

धनगढी : चैत ८ गते अर्थात् बुधबार सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ। जसअनुसार सुदूरपश्चिमकै सबैभन्दा बढी चासोको रूपमा हेरिएको कैलाली बहुमुखी क्याम्पसमा पनि बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनेछ। चुनावको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। विभिन्न पार्टी निकटका विद्यार्थी सङ्गठनहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन्। सभापति पदमा मात्रै दुईजना स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ। अनेरास्ववियुबाट यमराज जोशी, अखिल (क्रान्तिकारी) बाट पवन सुनार, नेपाल विद्यार्थी संघबाट हरिश खत्री, राप्रपा विद्यार्थी संगठनबाट नविन शाहु, स्वतन्त्रबाट खगेन्द्र प्रसाद अवस्थी र धुर्वराज न्यौपाने सभापति पदको उम्मेदवार छन्। उनीहरुले आफ्ना एजेण्डासहित मतदातासँग मत मागिसकेका छन्। अब मतदान हुन…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालयमा मध्याह्न १२:३० बजे सुरु हुने समितिका एक सदस्यले जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा विधान अधिवेशनको तयारी,आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल हुनेछ। चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको जसपाले १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ ।

Read More