Author: Nisha Shrestha

काठमाडौं – हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडाँै उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक ९एक्यूआई० का अनुसार काठमाडौं दोस्रो सूचीमा रहेको हो । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा…

Read More

अछाम- मध्यपहाडी लोकमार्ग अन्तरगत मंगलसेन–ठुलासेन सडक खण्डमा अटो दुर्घटना भएको हो। अछाम प्रहरीका अनुसार जिल्ला प्रसाशन कार्यालय नजिक से १ ह २३८५ नम्बरको अटो दुर्घटना हुँदा मंगलसेन नगरपालिका वडा नम्बर ७ का चन्द्र विक घाइते भएका छन्। अटोसहित चालक कर्ण कामीलाई प्रहरीले नियनत्रणमा लिएको छ। अटो तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

Read More

महेन्द्रनगर – कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को फाइनल प्रतिस्पर्धा यही वैशाख ८ गते शुक्रवर हुँदै छ। उक्त प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी न्याथन रायन पनि फाइनलमा पुगेका छन्। नाथन कञ्चनपुरबासी हुन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका उनको स्नातकसम्मको पढाइ त्यहीँ बित्यो। महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन्। महेन्द्रनगरबाट उनी काठमाडौं आए। कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन्। मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन्। पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ। सन् २०१९–२० का…

Read More

धनगढी- कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो। ना.५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ का ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुनसक्ने जिकिर गरेका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले गत मंसिरको जस्तो परिणाम आए फेरी चुनाव हुने बताएका हुन् । रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लङ्घन गर्दा चितवन २ मा उपचुनाव भएको उनले बताए । ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो…

Read More

कञ्चनपुर – कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ का हरिश टेरकी १४ वर्षीया छोरी बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको हो। मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन्। कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको अमर बस्ती आएकी उनी पोखरीमा डुबेर घाइते भएकी थिइन्। पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार हुँदै थियो। उपचारकै क्रममा शनिवार राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

कैलाली– कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानगाउँकी कृषक सताल्ली रावलले खेतमा गहुँ बाली पाकेर बिग्रिने अवस्थामा पुगेकाले बिग्रिने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘हिजोआज घरको सबै काम छाडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।’ केही दिनदेखि गर्मी बढ्दै गएको र वर्षा हुनसक्ने भन्दै गहुँ बाली भित्र्याउनका लागि…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । काँग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक सङ्कटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देश मन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । सङ्कटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । उसलाई भ्याई नभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस…

Read More

नयाँदिल्ली– महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस आज बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन् । प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए । गृहमन्त्री अमित शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ । उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ ।

Read More