Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसङ्गठन समन्वय संयन्त्रका संयोजक रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज पुगेका छन्। विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरेका छन् । युवा सङ्घको नवौँ महाधिवेशन आजदेखि चैत २९ गतेसम्म चल्ने छ।

Read More

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र आज दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरी, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असार २६ गते परिपक्व हुनेछ । यता, १८२ दिनको लागि ६ अर्ब ४६…

Read More

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्। अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार सरकार अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ। सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले भने, ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’ रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा…

Read More

महेन्द्रनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे । उनले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए । ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम…

Read More

काठमाडौँ – पुँजी बजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको…

Read More

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा २ जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ । आइतबार जिल्ला अदालतका न्यायाधीश शङ्कर राज बरालको इजलासले उक्त आदेश दिएको हो। लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको बकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएका थिए । उनीहरूले दिएको सोही निवेदन अनुसार अदालतले आदेश दिएको हो ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । उनले आफू स्वास्थ्य मन्त्री बन्ने भएपछि पार्टी सभापति रबी लामिछानेलाई २ करोड दिनु पर्ने बताउँदै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग उक्त रकम मागेका हुन् । उनले प्रसाईँसँग मागेको २ करोडको अडियो बाहिरिएपछि उनलाई पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीले कारबाही गर्ने तयारी गरेको हो । उनले प्रसाईँसँग भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा…

Read More

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत २४ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिनुभयो । पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको…

Read More

काठमाडौँ- आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं। २ मा २४ जना उम्मेदवारी परेको छ । बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा मुछिएका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । रास्वपा समानुपातिका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो। मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुन्न सकिन्छ । रास्वपाका महामन्त्री डा। मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईँलाई सुनाएका…

Read More