Author: Nisha Shrestha

काठमाडौँ – पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गए राति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार गए राति ११:३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ थियो । हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताए । उनका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ । बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको…

Read More

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका इञ्जिनीयर हिमालय सिंह ऐरले जानकारी दिए। ‘प्रशोधन केन्द्रका लागि एडिबीबाट ५० करोड बजेट आएको थियो, नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो’, उनले भने, ‘अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निर्मार्णको लागि…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताए । अब सरकारको ध्यान पूर्ण रूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै उनले जनताले राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि…

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । नेपालको विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि मण्डलसँग आज (बुधबार) भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् । ‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ उनले भने, ‘तर आन्तरिक विवाद छिटोभन्दा छिटो समाधान हुन आवश्यक छ ।’ सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरूमा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रियरुपमा नै ख्याति कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् ।…

Read More

काठमाडौँ- राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित पूर्व मिसन परीक्षा संचालन प्रशिक्षक प्रशिक्षण तथा कार्यशालाको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रमवीच सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरू एवम्प्र शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै यस तालिममा प्रशिक्षकको अनुभव, विशेषज्ञता एवम्यो गदानले सहभागी प्रशिक्षार्थीहरूको साथै प्रहरी संगठनको समेत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको चर्चा गर्नुभयो । संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटि जाने प्रहरी कर्मचारीहरूको लागि लिईने पूर्व मिसन परीक्षा संचालनमा यस तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले युएन मिसनमा नेपाल प्रहरीको सहभागीतालाई वृद्धि गर्न र यसका…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा भएको कारोबार आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ रहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौँ – प्रि-ओपन सेसनमा आज बुधबार सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.१५ अंकले वृद्धि भई १८६६.८२ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ३ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौँ – पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका गर्नका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । शारीरिक अशक्त उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । उनका दुवै खुट्टा छैनन् । उनी कृत्रिम ९प्रोस्थेटिक० खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । हरि कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनेछन् । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुअघि विमानस्थलमा उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गरे । उनले शारीरिक…

Read More

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई अमेरिकाको स्थानिय प्रहरीले पक्राउ गरी हिरासतमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएपनि हत्कडी भने लगाएको थिएन । उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित् फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेको जनाइएको छ। यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

Read More

काठमाडौँ : अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ।मन्त्रिपरिषद बैठकले सोमबार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ जसअनुसार अब इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न सकिने भएको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्था भएकामा संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो ।‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौं’, उनले भनिन्।

Read More