Author: Nisha Shrestha

धनगढी – बझाङको छबिसपाथिभेरा–४ ब्याँसीस्थित सडकमा काम गर्ने एक मजदुरको हत्या भएको छ। जाजरकोटको भेरी नगरपालिका–४ का ५२ वर्षीय गोपाल विकको हत्या भएको हो। नातामा साला पर्ने सोहीँ ठाउँका २७ वर्षीय रोहन सुनारले हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। अस्ति राति रोहनले मदिरा सेवन गरी भिनाजु गोपालको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘जाजरकोटका एउटै गाउँका ९ जना मजदुर यहाँस्थित सडकमा काम गर्थे,’ प्रहरी निरीक्षक अवस्थीले भने, ‘बान्नीकी चैतली मेलाका कारण काम बन्द थियो, मेलापछि दुबै जनाले सस्तोखालको मदिरा सेवन गरेको र त्यसपछि बिवाद हुँदा रोहनले हत्या गरेको खुलेको छ।’ रोहनले गोपालको टाउकोमा…

Read More

धनगढी- दार्चुलामा नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष र नेपाली काँग्रेसका पूर्व जिल्ला सचिवबीच विवाद हुँदा लफडा भएको छ। बुधवार राति पौने ९ बजेतिर जिल्लाको महाकाली नगरपालिका ४ सुपथ मुल्य पसल अगाडि उनीहरुबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकी र काँग्रेसका पूर्व जिल्ला सचिव हरक बिष्टबीच झडप भएको हो। झडपका क्रममा बुढाथोकीले बिष्टमाथि ढुङ्गा प्रहार गरेको र उनको हात र खुट्टामा चोट लागेको बताइएको छ। बिना कारण आफूमाथि आक्रमण गरेको र आफू घाइते भएको बिष्टले बताए। यस्तै उनले आज प्रहरीमा बुढाथोकीविरुद्ध उजुरी दिने पनि बताए। तर, उता बुढाथोकीले भने राति मदिरा सेवन गरेर अराजक…

Read More

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको सन्दर्भमा बिहीबार ट्विट गर्दै उनले उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। ‘देशको अर्थतन्त्र, राजनीति, राज्य विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन ! यो कहिलेसम्म?’ उनले प्रश्न गरेका छन्। खुला सिमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिएको र सस्तो श्रम निर्यात तथा महँगो वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको उनले बताएका छन्। ‘बाच्छाले साँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर…

Read More

टेकसिंह धामी धनगढी – अस्ती २१ चैतमा धनगढीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले चिकित्सक र स्वास्थ्यकर्मीं छनोटमा चलखेल रोक्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराए। उनले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। कर्मचारी पदपुर्तिमा आर्थिक र राजनीतिक चलखेल भइरहेको भन्दै उनले ध्यानाकर्षण पत्र बुझाएका हुन्। समितिकै सदस्य समेत रहेका उनले भित्रीरुपमा चलखेल भइरहेको आरोप लगाएपछि यो कुरा झन बल्झिएको छ। अस्पतालले करार सेवामा व्यवस्थापन मापदण्ड २०७९ अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको थियो। ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेण्डामा आधारित भई बहस गर्न आग्रह गरेका छन् । अध्यक्ष ओलीले, सामाजिक सञ्जालमार्फत भनेका छन्, उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न आग्रह गरेका हुन् । वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताएका छन् । उनले लेखेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु । मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।…

Read More

मोरङ – एसइई परीक्षा दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो। यो मध्ये १०% (१ लाख ८ हजार ८११ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५%(७१ हजार ९१६ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा…

Read More

काठमाडौँ– तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)र अनेरास्ववियुको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन् । उनीहरूले निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चिता गर्नसमेत माग गरेका छन् । उनीहरूले बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट…

Read More

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २का लागि २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि ३१ लाख खर्च गर्न पउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,…

Read More