Author: Nisha Shrestha

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जिम्मेवारी बोध गरी काम गर्न सचेत गराएको छ। मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो। बैठकमा शीतल निवास, बालुवाटार र सिंहदरवारको फोहोर नउठाउने महानगरका मेयर शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने महानगरका मेयरको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन्। उनले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन…

Read More

काठमाडौँ – जिल्ला न्यायाधीश भुवन गिरीलाई अनुसन्धानका लागि कपिलवस्तु पठाइएको छ। पत्नी आरती गिरी रावलको जाहेरीपछि केही दिनअघि जिल्ला अदालत कपिलवस्तुले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो। वैवाहिक बलात्कारको मुद्दामा उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो। उनलाई काठमाडौँको गोङ्गबुस्थित पवित्र नगरबाट मङ्गलवार पक्राउ गरिएको हो ।

Read More

बन्दीपुर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सु:ख-दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सु:ख-दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भन्नुभयो । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो । नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताउनुभयो ।…

Read More

बैतडी – मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४०…

Read More

काठमाडौँ – कोरोना संक्रमणका कारण ३ महिनापछि मङ्गलवार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मङ्गलवार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मङ्गलवार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read More

काठमाडौँ – चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७ दशमलव पाँच प्रतिशत र चीनतर्फ चार दशमलव नौ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात छ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले फेरि सरकारको नेतृत्व लिने दाबी गरेका छन्। सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन्। मङ्गलवार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक सङ्घको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे। सभापति देउवाले आफ्नो पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले संविधानअनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहोर्‍याए।

Read More

काठमाडौँ – न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश गिरी मङ्गलवार काठमाडौँबाट पक्राउ परेका हुन् । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । न्यायाधीश गिरीकी पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्।

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले नेपाली वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् । राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको भनाइ छ । ‘सानो धक्काले असर गर्दैन’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता बढी नै छ ।’ उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए। मुद्रास्फीति घट्ने क्रममा रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्स भित्रिने क्रम बढ्दो अवस्थामा रहेको बताए। ‘मंसिरदेखि फागुनसम्म मासिक १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ’, उनले…

Read More