Author: Nisha Shrestha

महेन्द्रनगर – पछिल्लो समय मिटरव्याजका अनेक स्वरुप देखिन थालेका छन्। यसले आर्थिक अवस्था कमजोर भएको निम्न वर्गीय समुदाय प्रताडित छ। कञ्चनपुरको बेलौरीमा आर्थिक अभावको मौका छोपेर ऋण लगानी गर्दै अन्तिममा जग्गा जमिन हडप्ने गरेको घटना बाहिरिएको छ। एकै व्यक्तिले तीन/चार जनालाई ऋणमा धोकाधडी गर्दै अन्तिममा जग्गा जमिन हडपेर बिचल्ली बनाएको पीडितको गुनासो छ। प्रहरी र स्थानीय तहले दुखेसो नसुनेपछि ती पीडीतहरुले जिल्ला प्रशासन कार्यालय गुहारेका छन्। बेलौरीमा भएका केही प्रतिनिधिमूलक घटनाभान्जाले पुर्जा लगे, जमिन अर्कैलाई भिडाएवि.सं. २०७४ साल तिरको कुरा हो। बेलौरी नगरपालिका–१० की मिना चौधरीको परिवारले पसल थाप्ने योजना बनायो। घरायसी सल्लाहपछि कपडाको पसल थाप्ने योजना बन्यो। तर उनीहरुसँग…

Read More

काठमाडौँ – तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत गर्ने गरेकोमा जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार)को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिहरुले सहकारीको समान सहकार्य विषयमा आप्mनो प्रस्तुती दिदै उक्त कुरामा जोड दिएका हुन् । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए । अष्ट्रेलियाबाट सहभागि विजनेस काउन्सिल अफ को अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जिडीपीमा समेत सहकारीको ठुलो योगदानको जोड दिएको…

Read More

काठमाडौँ – नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी)सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो। गत चैत्र १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, तामाङलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो।

Read More

काठमाडौँ – दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा,कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,सबै प्रदेशका मुख्यमन्त्री,मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति रहेको छ ।

Read More

काठमाडौँ – नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए । ‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने, ‘कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयास गरेका छौँ । यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ ।’चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ । अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छन् । छायाङ्कन अवधिभर एकै परिवार भएर समय बिताएको…

Read More

काठमाडौं– राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्यनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् । बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्यनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता श्रेष्ठले सरकारको न्यनतम साझा कार्यक्रमलाई ‘क्वाँटी’ दस्तावेजको रुपमा रहेको टिप्पणी गरेका हुन् । ‘न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागबन्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’ दस्तावेज हो,’ उनले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रममार्फत् जनतामा…

Read More

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर(घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । अभियान प्रभावकारी बनाउन वडा–वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्य योजना तयार गरिएको उनले बताए । चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाको एकिन गरी खोप लगाइने छ । ‘वडा स्तरदेखि नै छुटेकाको खोजी गरी खोप लगाउने…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ- मेन्छियाम हाइड्रोपावरले आगामी वैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो । योमध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सिमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए । हिजाेबाट सुरु भएको महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताए ।…

Read More