Author: Nisha Shrestha

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् । यसमा राजनीतिक दबाव दिन नहुने उनको भनाइ छ । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए । ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन,’ डा। कोइरालाले भने, ‘उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’ नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे । यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको टिप्पणी गर्दै सांसद चौधरीले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताए । उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपु¥याए र अपराधी भनिएकाहरुलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने चेतावनी दिए । उनले सरकारले देखाएको पहलकदमी सह्रानिय रहेको उल्लेख गर्दै राजनीतिक…

Read More

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । बुधबार बसेको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गरेका हुन् । यो राज्य विरुद्धकै अपराध भएको भन्दै उनले यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए । उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौँ, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’ तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह…

Read More

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नाम जोडिएका’ काँग्रेस नेतृ आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ । सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु र मञ्जुको संलग्नताबारे प्रमाण जुटाउने प्रहरीले प्रयास गरिएको छ । आरजु र मञ्जु पनि दोषी देखिए पक्राउ पर्ने सम्भावना प्रबल छ ।

Read More

काठमाडौँ – राप्रपाले आफूहरूले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रि–बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

Read More

काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताउनुभएको हो । “हजारौँ आयोजनाको ठेक्का लागिसकेको छ । तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो”, अर्थमन्त्री महतले भन्नुभयो, “सरकारी राजस्व कम छ । अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ…

Read More

अर्घाखाँची – भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो । मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएकामा उपचारका लागि लैजाँदै गर्दा बाटो र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख…

Read More

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण आज बिहान चाबहिल मैजुबहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबूटीस्थित उनकै निवासबाट पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको छ । उनीहरुलाई सोधपुछ गरेपछि प्रहरी नियन्त्रणमै राख्ने वा घर पठाउने भन्नेबारे निर्णय लिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । पाण्डेले खाँणकै निर्देशनमा आफूले…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चुरोट, बिँडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सुर्तीजन्य कम्पनीहरूले किराना तथा होलसेल पसललगायतको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो । ‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सुची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

Read More