काठमाडौँ – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ ।
उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।
Facebook Comments Box