Author: Nisha Shrestha

झलारी- शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामान्ता र व्यवसाय सचेतना तालिम सुरु भएको छ। आइतबार वडा नं. २ को कार्यालयमा एक कार्यक्रम गर्दै ८ दिन तालिम सञ्चालन गरिएको हो। तालिममा वडा नं. १, २ र ३ का गरि ३० जनाको सहभागिता छ। वडा नं. २ का अध्यक्ष बोदुराम चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख रणबहादुर महरा र विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना पन्त थिइन्। शुक्लाफाँटावासीलाई नगरमै स्वरोजगार बनाउने उदेश्यले उद्यमशिलता तालिम सञ्चालन गरिएको नगर प्रमुख महराले बताए। ‘आर्थिक रुपमा देशको अवस्था नाजुक छ, दैनिक उपभोग्य सामाग्री भारतबाट आइरहेको छ,’ उनले भने, ‘युवाहरु…

Read More

महेन्द्रनगर- कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० तिल्केनीमा शनिबार से.६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार सोही नगरपालिका–४ भगतपुरका पदम केसीका १४ वर्षीय छोरा आयुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। आयुष महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल) मा ९ कक्षामा अध्ययनरत थिए। दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भारतको भोजिपुरास्थित अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको र घटना अनुसन्धान थालिएको डिएसपी डाँगीले बताए।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरू जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्। आइतबार प्रज्ञा प्रतिष्ठानमा भएको नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभामा बोल्दै उनले ठेकेदार हराएको भन्दै ट्रोलले निर्माण क्षेत्रको चित्र प्रतिबिम्बित हुने गरेको बताए। ‘बेलाबेलामा ठेकेदार हराएको सूचना भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायीहरूको आक्रोश, ट्रोल हुने गरेको छ। त्यसले निर्माण क्षेत्रको वास्तविक चित्रको एक हदसम्म प्रतिबिम्बित गर्दछ,’ उनले भने, ‘तसर्थ निर्माण व्यवसायी अत्यन्त जिम्मेवार, गम्भीर भएर काम गर्नुहुनेछ भनेर विश्वास व्यक्त गर्दछु।’ निर्माण कार्यको ठेक्का लिने तर समयमा काम नसक्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नहुने, विभिन्न तर्कमा समयसीमा लम्ब्याउने र लागत बढाउने जस्ता समस्या यस क्षेत्रमा देखिएको…

Read More

काठमाडौँ – निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपति निर्वाचनमा शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् । उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् । संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार बनेका यादवको उम्मेदवारी कायम हुने आदेश पनि गरेका छन् । हेर्नुहोस् आदेशको पूर्णपाठ :Download

Read More

विराटनगर – प्रदेश १ को नाममा कोशी राखिएको विरोध जनाउँदै केही राजनीतिक दल र ३३ जातीय सङ्गठनले झापामा राजमार्ग अवरुद्ध पारेका छन् । पहिचानसहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग लामो समयदेखि गरिरहेको भएपनि बेवास्ता भएपछि आन्दोलनमा उत्रिनु परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव धनराज सुब्बाले बताए । उनका अनुसार जनता समाजवादी पार्टी, आदिवासी जनजाति महासङ्घसहितका घटकहरूको संयुक्त निर्णय अनुसार आइतबार झापामा यातायात बन्द गराइएको हो । जिल्ला प्रहरी कार्यालय, झापाले भने बन्द गराउँदै हिँड्ने २२ जनालाई पक्राउ गरिएको बताएको छ ।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नहुने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ । पार्टीका नेता एवं सांसद प्रदीप यादवले आयोगले संविधानसम्मत निर्णय गरेको भन्दै निर्णय स्वागतयोग्य भएको बताए । जसपाले उपराष्ट्रपतिका लागि दिइएको प्रमीला यादवको उम्मेदवारी फिर्ता गरिनेसमेत जानकारी दिए । “निर्वाचन आयोगले संविधानसम्मत निर्णय गरेको छ र यो स्वागतयोग्य छ,” उनले भने, “अर्को उम्मेदवारी फिर्ताबारे निर्णय गर्छौँ ।” यादवको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

Read More

काठमाडौँ- आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्वाधिक एक दिवसीय अर्धसतक बनाउने खेलाडीसमेत बने। ११२ बल खेलेका उनले ९ चौकासहित ७७ रन बनाए। यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झा ३७, दीपेन्द्र सिंह ऐरी ३४, भीम सार्कीले २९ रन बनाए।

Read More

बैतडी – बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृयाका बिषयमा असन्तुष्टी जनाउदैँ निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको नेवि संघले जनाएको छ । चैत ५मा हुने स्ववियु निर्वाचन कार्यतालिका अनुसार अगाडी नबढेको नेवि संघको आरोप छ । नेवि संघका उम्मेदवार माथी अन्य संगठनका विद्यार्थीहरुले हातपात र गालिग्लौज गरेको नेवि संघको आरोप छ । निर्वाचन अधिकृतको कार्यालयले नेवि संघलाई डर,त्रास देखाई निर्वाचन तालिका परिवर्तन गरेको नेवि संघको आरोप छ ।

Read More

धनगढी- धनगढीमा आफूमाथि आक्रमण भएको पत्रकार शेरबहादुर ऐरले दाबी गरेका छन्। हिजो (शनिवार) राति आफूमाथि आक्रमण भएको उनले बताए। तर कसले गरेको हो भन्नेबारे उनलाई जानकारी छैन। उनका अनुसार हिजो राति ९ बजेतिर रुवस होटलमा उनीमाथि आक्रमण भएको हो। ऐरको टाउकोमा चोट लागेको छ। हिजो राती नै सेती अस्पतालमा उनको उपचारपछि डिस्चार्ज भएका छन्।उनको टाउकोमा पाँच वटा टाँका लागेका छन्। समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐनमाथि आक्रमण गरेको हुनसक्ने उनको दाबी छ। तर त्यो पुष्टि भने भएको छैन। उता रुबस होटल प्रशासनले भने शेर आफै लडेर घाइते अवस्थामा भेटिएको दाबी गर्दै आएको छ। आज मात्र कैलाली प्रहरीमा…

Read More

धनगढी – लियो जिल्ला परिषद् ३२५ एन को उपाध्यक्षमा महेन्द्रनगरका मदन गिरी निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएकाे पहिलो जिल्ला सम्मेलनबाट गिरी अत्यधिक मतका साथ उपाध्यक्ष निर्वाचित भएका हुन् ।  लियो जिल्ला परिषद् ३२५ एन का जिल्ला सचिव समेत रहेका गिरी लायन वर्ष २०२३/०२४ को उपाध्यक्षका लागि निर्वाचित भएका हुन् ।  सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स ईन्टरनेसनल अन्तरगत रहेको लियो क्लबले समाज सेवासँगै युवामा नेतृत्व तथा क्षमता विकासका लागि काम गदैँ आएको छ । निर्वाचित भएपछि उपाध्यक्ष गिरीले लियोको बृहत्तर विकास र विस्तारसँगै परिषद्लाई बलियाे बनाउने गरि काम गर्ने बताए । उनी करिब एक दशकदेखि लियाेमा सक्रिय रहेका छन्…

Read More