Author: Nisha Shrestha

काठमाडौँ- नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले बारा- २, तनहुँ- १ र चितवन- २ का लागि उम्मेदवारको टुङ्गो लगाएको हो। बैठको निर्णय अनुसार पार्टीले चितवन- २ मा पार्टीको जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, पार्टीले बारा- २ मा जनता सामाजवादी पार्टी(जसपा)का उपेन्द्र यादवलाई छाड्ने निर्णय गरेको छ। चितवन- २ मा यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यस्तै, बारा-…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बैठक बस्न लागिएको हो। सत्ता गठबन्धन जसपाले २ मन्त्रालय लिने समझदारी बनेको छ। स्रोतका अनुसार जसपाले शहरी विकास सहित अन्य एक मन्त्रालय पाउने छ।जसपामा मन्त्री बन्न अशोक राई, विरेन्द्र महतो,प्रदिप यादव र राजकिशोर यादव तिब्र लविङमा रहेका छन ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार आज साँझसम्म गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका उनले भने, ‘आजै मन्त्रीपरिषद् विस्तार गर्ने मेरो लक्ष्य छ। सकिएन भने भोलि बिहान हुन्छ।’ गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार बनाउने आफ्नो चाहना रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक-दुई वटा मन्त्रालयमा मात्र कुरा मिल्न बाँकी रहेको सुनाए।

Read More

काठमाडौँ -प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ । यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसोसम्म सबै दलले मन्त्रीको नाम बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् । दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुग्न सकेका छैनन्। यो विषयमा पनि आज दिउँसो कै बैठकमा निर्णय हुने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘टुंगिएका पार्टीहरू आउनु परेन नटुंगिएका पार्टी फेरि बस्ने भनेका छन् । सबै पार्टीले आफ्नो प्रक्रियाबाट टुंगो लगाए । संस्थागत निर्णय गरेर नाम…

Read More

काठमाडौं – मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । “जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ”, नेता श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै , तेजाबी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ। बुधबार तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने १० रुपैयाँले बढेर तोलामा १ हजार ३सय ७५ रुपैयाँ पुगेको हो ।

Read More

काठमाडौं – नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गर्नुभयो । शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । ‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको…

Read More

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरूका बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बैठकले उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोट गर्नुका साथै समसामयिक विषयमा पनि आवश्यक निर्णय लिने छ । यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ।

Read More

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभागी हुन चितवन आएका हुन् । उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

Read More