काठमाडौँ : पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको हो।
जोशीको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको छ। नेचर हब इन्टरनेश्नलको अफिसमा लुकाएर राखेको अवस्थामा पोखरास्थित सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरेको सर्भर बरामद गरिएको छ।
पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्व डीआईजी जोशी व्यापारिक साझेदार हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।
Facebook Comments Box