काठमाडौं: नेकपा एमाले निकट अनेरास्ववियुकी नेता राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। हिजो (मंगलबार) अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई पक्राउ गरिएको हो।
काठमाडौंकै बालाजु क्षेत्रबाट धनगढी घर भएकी बमलाई नियन्त्रणमा लिइएको महाराजगन्ज प्रहरीका डीएसपी अमर थापाले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार बमविरुद्ध आपराधिक लाभ लगायत चोरीको समेत मुद्दा दायर भएको थियो।
बम हाल काठमाडौंमै बस्दै आएकी थिइन्। उनी तपोवन क्षेत्रमा ध्यानमा रहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ। आज उनीमाथि म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
स्रोतका अनुसार रश्मिला धामी नाम गरेकी महिलाले बमविरुद्ध उजुरी दर्ता गराएकी थिइन्।
र, यो पनि: ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी
Facebook Comments Box