काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट सगुन लिएका छन्।
अध्यक्ष ओली भेट्न बालकाेट पुगेका उनले ओलीको हातबाट सगुन लिएका हुन्।
मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा मुद्दा चल्दै गर्दा महोत्तरी–१ बाट निर्वाचित कोइरीको सांसद पद निलम्बन गरिएको थियो।
मंसिर २८ गते सर्वोच्चले उनलाई सफाइ दिएको थियो।
Facebook Comments Box