काठमाडौं : कास्कीको पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नम्बरको कारले गएराती ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो। ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box